बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शिवसताक्षी ६ मा कृषकमुखी अर्को कार्यक्रम, स्प्रे ट्याङ्की पाउँदा कृषक दंग

सोमवार, पौष २६, २०७८

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ का युवा वडा अध्यक्ष मनोज खुलालको पहलमा कृषकहरुलाई स्प्रे ट्याङ्की निशुल्क वितरण गरिएको छ ।
गत आर्थिक वर्षवाट सुरुवात गरिएको ट्याङ्की वितरण कार्यक्रमलाई निरन्तरता दिदै चालु आर्थिक वर्षमा पनि वडा वाट रु दुइ लाख वजेट विनियोजन गरेर किसानलाई ब्यवसायिक खेति गर्नका लागि अत्यावश्यक पर्ने स्प्रे ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष मनोज खुलाल (कार्की)ले जानकारी दिनु भयो ।

३ घर परिवारलाई पायक पर्ने गरी १ ट्याङ्की वितरण गरेको वडाले तिन सय घर परिवार लाभान्वित हुने गरी सामग्री वितरण गरिएको वडा सचिव विमल वाँस्कोटाले जानकारी दिनु भयो । करिव तिन सय कृषकको उपस्थितिमा स्प्रे ट्याङ्की वितरण गरिएको कार्यक्रममा वडा सदस्यहरु लक्ष्मि गुरागाई, बद्रिनाथ खनाल, उषादेवि खड्का, इलाका प्रहरी कार्यालय शिवगञ्जका सई कमल प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो । वडा सचिव विमल सापकोटाले सञ्चालन गरेको कार्यक्रममा वडा अध्यक्ष मनोज खुलाल (कार्की)को अध्यक्षता रहेको थियो ।


स्प्रे ट्याङ्की प्राप्त हुँदा वडा अध्यक्षलाई धन्यवाद दिदै वडा नं. ६ का कृषक पुलमायाँ लिम्बुले सञ्चार मञ्चसँग खुसी ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो ‘वडा वाट सञ्चालन हुने हरेक कार्यक्रममा हामि कृषकहरुलाई वडा अध्यक्षले संझिनु भएको छ, हामि उहाँ प्रति आभारी छौँ ।’ वडा अध्यक्ष कार्कीले एक पछि अर्को जनतामुखी कार्यक्रम सञ्चालन गरेर आफ्नो वडामा मात्र हैन नगरमै नमुना कदम चालेको सहभागि कृषकहरुको भनाई छ । वडाले निशुल्क वितरण गर्ने स्प्रे ट्याङ्की लिन आउनु भएका वडा नं. ६ का अर्का कृषक पुर्ण विष्ट ले भन्नु भयो ‘हाम्रो वडा अध्यक्षले नगरको नेतृत्व गर्ने अवसर पाउने हो भने अन्य वडाका कृषक दाजुभाईहरुले पनि धेरै सेवा सुविधा प्राप्त गर्न सक्ने थिए ।’

सम्बन्धित खबर