बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रेस चौतारी नेपाल सुनसरीको सातौ अधिवेशन, कृष्ण बहाब सम्मानित

सोमवार, पौष २६, २०७८

इटहरी । प्रेस चौतारी नेपाल सुनसरीको सातौ अधिवेशन सुरूभएकोछ । नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संगठनले सुनसरी जिल्ला अधिवेशन गरेको हो ।

इटहरीको दुर्गा पार्टि प्यालेसमा पुर्व सन्चारमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत समेत उपस्थित अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।

महाधिवेशन उद्घाटन सत्रमा पत्रकार कृष्ण बहाब भट्टराई सम्मानित हुनु भएको छ । उहाँ उदयीमान युवा पत्रकार पुरस्कारबाट सम्मानित हुनुभएको हो । बहाब सहित पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको जिल्ला अध्यक्ष शेखर ढकालले बताउनु भयो ।
२०५५ सालमा स्थापना भएको चौतारीले आगामी माघ पहिलो साता पोखरामा महाधिवेशन गर्ने भएको छ ।

सम्बन्धित खबर