बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमाले अध्यक्ष केपी शर्मा ओली आज झापामा

आइतवार, पौष २५, २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली आज झापामा
झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनु भएको छ। केहि दिन अघि मात्र झापा आएर ३ दिन यतै बिताएका ओली आज पुन गृह जिल्ला आउनु भएको हो । भद्रपुर बिमानस्थलमा ओर्लिएका ओलीले आज चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन उदघाटन गर्नु भयो।
भवन उद्घाटनमा कार्यक्रममा बोल्दै ओलीले आफू नेतृत्वको तत्कालिन सरकारलाई असहयोग गर्न आफ्नै पाटिका नेता कार्यकर्ताहरुले उर्दी जारी गरेको स्मरण गर्नु भयो। ओलीले माओवादि लगायतका पाटिहरुले लोकतान्त्रिक मुल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी समेत गर्नुभयो ।
तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ, तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन भन्दै ओलीले सरकारले कर्मचारी तन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेको समेत आरोप लगाउनु भयो।
अध्यक्ष ओली आजै झिलझिलेमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनु भयो। यस्तै आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिकामा वडा नं. ७ मा रहेको आयूर्वेदिक औषधालयको भवन निरिक्षणमा समेत उहाँ सहभागी हुनुभएको कमल गाउँपालिका वडा नं. ६ का अध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिनु भयो । भवन निर्माणको काम सकिएपनि यहाँ औषधालय स्थापना हुने प्रकृयामै रहेको पनि वडा अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । त्यसैगरी तुरुन्तै डाक्टरको दरवन्दि कायम गरी सेवा सुचारु गर्नका लागि गाउँपालिकाले ध्यानाकर्ष समेत गराएको अध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

कमल गाउँपालिका वडा नं. ७ का अध्यक्ष नरेन्द्र भट्टराई
सम्बन्धित खबर