बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दमकमा बिद्यार्थीको प्रदर्शन, यातायात व्यवसायीले ज्यादती गरेको आरोप

आइतवार, पौष २५, २०७८

झापा — झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले आज क्याम्पस मोड क्षेत्रमा प्रदर्शन गरेका छन् ।
सार्वजनिक सवारीका साधनले विद्यार्थीलाई सवारीका सधानमा चढाउन नमानेको भन्दै उनीहरुले आज क्याम्पोसमोड क्षेत्रमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् । स्वस्फूर्त रुपमा सडकमा आएका विद्यार्थिहरुले यातायात व्यवसायीको ज्यादती बिरुद्ध नाराबाजी गर्दै केहि समय पूर्व पश्चिम लोकमार्गमा सवारीका साधन चल्न दिएनन् ।
केहि दिन अघि बिद्यार्थीका तर्फबाट केहि प्रतिनिधीसहित दमकका प्रहरी प्रमुख, ट्राफिक प्रमुख र यातायात व्यवसायीबिच विद्यार्थीलाई सहज रुपमा क्याम्पसमोडबाट चढ्न दिने सहमति भएको तर त्यसको कार्यान्वयनमा यातायात व्यवसायीले अटेर गरेका कारण आफुहरुले बिरोध प्रर्दशन गरेको अखिल क्रान्तीकारी झापाका उपाध्यक्ष लक्ष्मी नेपालले जानकारी दिनुभयो ।
आगामी दिनमा सो क्षेत्रमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले क्याम्पस आउँने र जाने समयमा सहजीकरण गर्ने सहमति पश्चात बिद्यार्थीहरुले अबरुद्ध सडक खोल्न सहमति जनाएका थिए ।

सम्बन्धित खबर