बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट आजदेखि सञ्चालनमा

आइतवार, पौष २५, २०७८

झापा । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट आजदेखि सञ्चालनमा आएको छ ।

झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार देखि ८० हजारसम्मको विभिन्न ब्राण्डका साइकलहरु मात्र होइन, साइकिलिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु समेत पाइन्छ ।

व्यवसाय भन्दा पनि स्वास्थ्यलाई लक्षित गरि दमक झापामा सुरु गरिएको इक्युप्मेन्टमा हाइकिङका लागि आवश्यक सामग्रीहरु जुत्ता, झोला, लत्ता कपडा सिलसपिङ ब्याग, हाइकिङ स्टिक, टेन्टलगायतका सामग्रीहरु उपलब्ध रहेको छ ।

कतै घुम्न जादा फोहोर देखिएमा त्यसलाई कसरी सफा गर्न सकिन्छ भन्ने कुराहरुमा पनि सुझाव दिने गरि सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका विसनदिप राईले बताउनु भयो ।

जस्तो कतै घुम्न जादा एउटा चकलेटको खोल एक जनाले टिपेर डिस्पोज गर्छ भने त्यहा एक सय जना घुम्न जादा एक सय वटा चकलेटको खोल सफा गर्न सक्ने वातारवण पनि घुम्न सकिने राईले बताउनु भयो ।

उद्घाटनको पहिलो दिन उपस्थित मध्येका लक्कि ड्र मार्फत उपहारको पनि व्यवस्था गरिएको थियो । जसमा दमकका मिलन राईले उपहार प्राप्त गर्नु भएको थियो ।

करिव २५ लाख लगानिमा इक्युप्मेन्ट विसनदिप राई र अविन राईले सञ्चालनमा ल्याउनु भएको हो ।

सम्बन्धित खबर