बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मृत्यु संस्कारमा पैसा र समवेदना सहित युवा वडा अध्यक्ष मनोज खुलाल(कार्की)

आइतवार, पौष २५, २०७८

झपा, झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले आफ्नो वडा भित्रका नागरिकहरुको मृत्यु संस्कारमा समवेदना सहित आर्थिक सहयोग लिएर घर–घर पुग्ने गरेको छ ।


आर्थिक वर्ष २०७८÷७९ मा वडा वाट निति योजना तथा वजेट कार्यक्रम वनाएरै वडाका नागरिकहरुको मृत्यु भएमा रु पाँचहजार र समवेदनापत्र सहित मृतकका घरमै पुगेर सहयोग गर्ने गरेको छ । जव नागरिकहरुलाई अफ्ठेरो पर्छ त्यहाँ सरकारको उपस्थिति हुन जरुरी छ भन्ने अभिप्रायले कार्यक्रम वडा वाटै तय गरिएको वडा अध्यक्ष मनोज खुलाल (कार्की)ले वताउनु भयो । उहाँ भन्नु हुन्र्छ नागरिकको असजिलो अफ्ठेरोमा नगरपालिका वाटै कार्यक्रम वनाएर उपस्थिति जनाउनु पर्ने तर त्यस्तो हुन नसके पछि वडा वाटै सहयोगका लागि रु तिन लाख वजेट विनियोजन गरेर जनतासामु पुग्ने गरेका छौँ ।’ प्रत्यक्ष नागरिकहरुसँग जोडिने प्रकृतिका कार्यक्रम निर्माण गर्न नगरपालिकाले चासो नदेखाए पछि वडाको सानो वजेट सिमा भित्र रहेर भए पनि नागरिकहरुको पिडामा मलम पट्टी गर्ने उध्येश्य राखेर कार्यक्रमको सुरुवात गरेको उहाँको भनाई छ ।
शिवसताक्षी नगरपालिका वडा नं.६ शिवगञ्ज वजार स्थित स्व.कृष्ण प्रसाद पौडेलको परिवारमा समवेदना सहित सहयोग रकम लिएर पुगेको वडाका जनप्रतिनिधी र कर्मचारीको टोलिले मृतका परिवारलाई सहयोग रकम र समवेदनापत्र प्रदान गरेको छ । वडाका जनप्रतिनिधी दुःखद घडिमा सहानुभुति दिदै आफ्नो आगनमा आउँदा पनि पिडावोध कम भएको मृतकका छोरा तुलसी पौडेलले वताउनु भयो । उहाँ भन्नु हुन्र्छ दुःख पर्दा वडा सरकारले हामिलायृ देखाएको मायाँ र सद्भावले वडाको नेतृत्व गर्ने वडा अध्यक्ष सहि छनौट गरिएको महसुस भयो, सहज पर्दा विवाह, व्रतबन्ध लगायतका उत्सवमा त जो पनि आउँछन तर यस्तो पिडामा आउँदाको महसुस फरक हुँदो रैछ ।’ पौडेल परिवारमा सहयोग रकम सहित वडा अध्यक्ष मनोज खुलालको नेतृत्वमा वडा सदस्य बद्रिनाथ खनाल, वडा सचिव विमल वाँस्कोटा, समाजसेवी विष्णु प्रसाद खतिवडा सहभागि रहनु भएको थियो ।

सम्बन्धित खबर