बुधवार, असोज ३०, २०८१
Sancharmanch

सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधी निधी सेकेन्डरी स्कुल विर्तामोडकी छात्रा स्मृति सुनुवारलाई

शनिवार, पौष २४, २०७८

बिर्तामोड । सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधी निधी सेकेन्डरी स्कुल विर्तामोडकी छात्रा स्मृति सुनुवारले हात पार्नु भएको छ ।
शुक्रबार भएको फाइनल प्रतियोगितामा चार प्रतिस्पर्धीलाई पछि पार्दै सुनुवारले उपाधी जित्नुभएको हो। यस्तै प्रतियोगिताको दोश्रो र तेश्रो उपाधी न्युटनस एजुकेसन एकेडेमी बिर्तामोडकी छात्रा सिम्रीका बोहोरा र पशुपति बोडिङ्ग स्कुल उर्लावारीका छात्र टेरिज भण्डारीले हात पार्नु भयो । विजेताहरु लाई पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमश तीस हजार,पन्ध्र हजार, दश हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको जानकारी दिइएको छ । यस्तै प्रतियोगिताको सान्तवना स्थान ओगट्न सफल एन्जिला खड्का र एन्जिला बस्नेतले नगद पाँच–पाँच हजार रुपैयाँसहित प्रमाण–पत्र प्राप्त गर्नुभएको छ।

विजेताहरुलाई प्रमुख अतिथि सहारा नेपाल साकोसका कार्यावहाक अध्यक्ष हरिप्रसाद निरौला र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगिताको निर्णायकमा पत्रकार उमाकान्त खनाल,मेची बहुमुखी क्याम्पस भद्रपुरका एशोसीएट प्रोफेसर शिरोसान्दाई खतिवडा र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहनुभएको थियो ।

सूर्याेदय स्पिच कन्टेस्ट सूर्योदय टेलिभिजनले हरेक वर्ष आयोजना गर्दै आएको छ । प्रदेश स्तरीय यस वक्तृत्व प्रतियोगितामा यस वर्ष इलाम,झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट एक सय जना भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको टेलिभिजनले जानकारी दिएको छ। सूर्याेदय स्पिच कन्टेस्टलाई यस वर्ष सहारा नेपाल साकोसले मुख्य प्रायोजन गरेको थियो ।

सम्बन्धित खबर