बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चतरा साकोसको अध्यक्षमा पुनः सीता पौडेल

बिहिवार, पौष २२, २०७८

संगम बिष्ट चतरा सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दोस्रो कार्यकालकालागि पुनः सिता भण्डारी पौडेल निर्वाचित हुनु भएको छ ।
बिहिबार संस्थाको २३ अौं संस्थापना दिबश तथा २३अौं बार्षिक साधरण सभा कार्यक्रममा निर्वाचन अधिकृत प्रल्लाद भट्टराईले संस्थाको ३ बर्षकालागि अध्यक्षमा भण्डारी सर्ब सम्वत् चयन भएको बताउनु भयो । अध्यक्षमा भण्डारी सहित अध्यक्षमा दिपक कार्की , सचिब शर्मिला राई , कोषाध्यक्ष टेकमाया पाण्डे , सदस्यहरु मिनबहादुर बानियाँ, ज्ञानेन्द्र गौतम , कमला बिष्ट ,सोनु बिश्कर्मा पुजाकुमारी धार्मी, गायत्रादेवि खतिवडा , रञ्जना बिष्ट , लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरकुमार राई , सदस्य बिन्दा न्यौपाने र मेनुका कोईराला पराजुली सर्वसम्मत भएको निर्वाचन संयोजक भट्टराईले बताउनु भयो । निर्वाचित समिति संयोजक भट्टराईले बिहिबारनै सञ्चालक समितिका पदाधिकारी एव लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई प्रमाणपत्र तथा सपथ ग्रहण गराउनु भएको छ।

वराहक्षेत्र (१ स्थित औलिया मठ स्थित बोलबम धर्मशालमा आयोजना भएको साधरण सभामा अध्यक्ष सीता भण्डारी पौडेल सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समिति संयोजक रमेश चौहानले लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा प्रमुख शैलेन्द्र राउतले लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थामा हाल शेयर सदस्य ४ हजार ७ सय ३२ जना रहेको र शेयर पुजि ८ करोड ८८ लाख ४३ हजार २ सय , बचत निक्षेप हिसाब कुल १ अर्व २ करोड ४८ लाख ४० हजार ९ सय ९० रहेको छ । संस्थाको बार्षिक प्रतिवेदन अनुसार कर्जा लगानी कुल ६३ करोड १ लाख २६ हजार १ सय १८ रुपैया, संस्थाले ४७ करोड ३० लाख ५८ हजार ६सय९३ रुपैया कर्जा असुली गरेको छ ।
संस्थाको कुल नाफा १६ करोड २ लाख ५६ हजार ५सय ७७ रुपैया आम्दानी रहेको र खर्च तर्फ १३ करोड १६ लाख ७ हजार ९९ रुपैया खर्च भइ ५ प्रतिशात आयकर पछि संस्थाको खुद नाफा २ करोड ७२ लाख १७ हजार संस्थाले बचत गरेको छ।
संस्थाले मृत्यु राहतकोष कार्यक्रममा ५ लाख १८ हजार २० जना सेयर सदस्यहरु मृत्यु हुँदा उपलब्ध गराएको र
संस्थाले बिना धितो ५ लाख सम्म दिने र धितो राखेर अधिकतम सिमा ५० लाख दिने गरेको प्रतिवेदन मार्फत जानकारी दिएको छ ।

कार्यक्रममा अध्यक्ष भण्डारीले ३ वर्षमा सहकारीबाट प्राप्त भत्ता पती स्वर्गीय दलबहादुर पौडेलको हिरा स्मृतिमा ४ लाखको अक्षय कोष समेत घोषणा गर्नुभएको छ। उक्त अक्षण कोषको ब्याजबाट बार्षिक रुपमा सहकारीका एकल महिला शेयर सदस्य छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराईने छ । साधरण सभाबाट संस्थापक अध्यक्ष रेनुका निरौला घिमिरेलाई सम्मान समेत गरिएको थियो ।सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपि आदारभुत बिद्यालयका बिद्यार्थीहरुलाई जाडोको लागि ट्राक सुट र व्याक बितरण गरिने सहकारीका उपध्यक्ष दिपक कार्कीले जानकारी दिनु भयो ।

कार्यक्रम वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल प्रमुख अतिथि रहनु भएको थियो । अध्यक्ष सीता भण्डारी पौडेको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रम सचिव पवित्रा राईले सञ्चालन गर्नुभएको थियो भने साधरण सभाबाट उत्कृष्ट बचतकर्ता , कारोवारी , असल ऋणीलाई कदर समेत गरिएको थियो ।

सम्बन्धित खबर