बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले ” म बनाउछु मेरो वराहक्षेत्र ” अभियान अञ्चालन दर्दै

बिहिवार, पौष २२, २०७८

नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले " म बनाउछु मेरो वराहक्षेत्र " कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने भएको छ । स्थानीय सरकारमा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको नेपाली काग्रेसले माघ महिना भर नगरपालिका भित्र विभिन्न सचेतना र सामाजिक कार्यको थालनि गरेर नगरबासीहरुलाई समरात्मक सन्देश दिने उदेश्यले " म बनाउछु मेरो वराहक्षेत्र " कार्यक्रम नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले गर्ने निर्णय गरेको सभापति रमेश कार्कीले बताउनु भयो।
सभापति कार्कीका अनुसार बुधबार बसेको समितिको बैठकले माघ महिनामा स्वास्थ्य शिबिर , रक्तदान , सरसफाइ , भाषण कला तालिम , साईकल रेस प्रतियोगिता आयोजना गरीने छ । नगरमा गठन भएका भातृ एब सुवेच्छुक संघ संगठन र वडा कार्य समितिसंगको सहकार्य समन्वयमा कार्यक्रम १ महिना भर आयोजना हुनेछ ।

नगरपालिकाको कार्यलयले ४ वटा आर्थिक बर्षमा नगरपालिका बनाउन र नगरवासीलाई खुशि बनाउने प्रयास गर्न चासो समेत नदेखाएका निरास नगरबासीहरुलाई सान्त्वना दिने उदेश्यले कार्यक्रम ल्याएको सभापति कार्कीले बताउनु भयो। १ महिना भर ११ वटै वडामा कार्यक्रम गर्नर र कार्यक्रमको तालिका चाडै पत्रकार भेटघाट गरेर सार्वजनिक गरिने समेत सभापति कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित खबर