सोमवार, साउन ७, २०८१
Sancharmanch

विपिले सम्झेको वराहक्षेत्रको “सुर्यकुण्ड”

बुधवार, पौष २१, २०७८

संगम बिष्ट /चतरा वराहक्षेत्रको सुर्यकुण्ड धार्मिक, सास्कृतिक , एैतिहासिक रुपले मात्र नभई साहित्यिक समिश्रण भएको पवित्र स्थल हो । बिपि अर्थात बिश्बेस्वरप्रसाद कोइरालाले सुम्निमा उपन्यासको परिवेशबाट नै सुर्यकुण्ड क्षेत्रको महत्त्व र महिमाको बारेमा प्रष्ट उल्लेख गरेको पाइन्छ । सुर्यकुण्ड ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले पनि महत्वपूर्णस्थल रहेको छ ।आदिवासी जनजातिहरुको संस्कृतिको ऐतिहासीक स्थलको रुपमा पनि चिनिन्छ । आदिवासी जनजाति युवति र खस ,आर्य युवाको प्रेम सम्बन्ध , परम्परा , संस्कृतिलाई बिषयबस्तु बनाएर बिश्बेस्वरप्रसाद नेपाली साहित्यको बहुचर्चित उपन्यास सुम्निमामा सुर्यकुण्ड र चतराको महिमा उजागर गरिएको छ । कवि प्रह्लाद पहरेदारका अनुशार किरातजातिको कला, संस्कृती, जिवनशैलीले पुख्र्यौली परमपरालाई सूर्यकुण्डमा जीवन्त रुपमा देख्न पाइनछ । यसको बारेमा बिश्वेश्बरप्रसाद कोइरालाले सुम्निमामा परिवेश नै बनाएको पाइन्छ। उपन्यास अध्ययन गर्दा किरातकालिन केन्द्र सुर्यकुण्ड नै भएको झल्को दिने उहाँ दाबि गर्नुहुन्छ। प्राकृतीक सुन्दरता संगै सुर्यकुण्ड ऐतिहासीक, धार्मिक र सांस्कृतिक रुपले पनि महत्वपूर्णस्थल हो । त्यहाँ स्थित जंगवहादुरले रोपेको बिपलको रुख, आदि वराह सुर्यकुण्ड, भवानीथान, गप्तेश्वर मन्दिरले ऐतिहासिक र धार्मिक महत्वका स्थलहरुले सूर्यकुण्डका आकर्षण हुन् । सूर्यकुण्डमा आदिवासी जनजातिहरुको संस्कृतिको पनि ऐतिहासीक स्थलको रुपमा चिनिन्छ । किरातजातिको कला, संस्कृती, जिवनशैलीले पुख्र्यौली परमपरालाई सूर्यकुण्डमा जीवन्त रुपमा देख्न पाइनछ । उधौली उभौली पर्वमा यहाँ लाग्ने मेलाले सुर्यकुण्डले किरातकालिन सभ्यताको थलोको रुपमा रहेको प्रष्ट पार्ने स्थानीय अर्जुन कुलङ्ग बताउनु हुन्छ। सुर्यकुण्ड क्षेत्र सौन्दर्यता , धार्मिक , एैतियासिक तथा कृषिको रुपमा समेत सम्भवना बोकेको क्षेत्रको रुपमा रहेको बताउनु हुन्छ। उहाँ भन्नु हुन्छ तराइवाट छोटो दुरिमा रहेको सुर्यकुण्ड पुग्दा चिसो मौसम , अर्गानिक ठाउ र वातावरणका कारण आनन्द आउने छ । धार्मिक रुपमा पनि आदि वराहको भन्दिर , भवानि थान जस्ताकुराले धार्मिक रुपमा पनि सुर्यकुण्डको महत्व रहेको वडा नं १ का वडासदस्य भुपाल राई बताउनुहुन्छ । संघीयता संगै देशको समृद्धिको आधारहरु मध्ये एक पर्यटनको विकास लाई सरकारले मुख्य मानेको छ । पर्यटन व्यवसायलाई मध्यनजर गर्दै सरकारले सन् २०२० लाई भम्रण बर्षको रुपमा समेत मनाइरहदा बिचमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिट (१९ को कारण स्थगित गर्नु पर्यो । कोभिटका कारण हाल पर्यटन व्यवसायसंगै चौतर्फी व्यवसाय तथा रोजगारीलाई प्रभाव पारिरहेको छ । तर पनि मानिसहरुलाई कोभिट १९ अर्थात कोरोना भाइरसले आक्रन्त पारिरहेको वेलामा थोरै रकममा , नजिक दुरिमा रहेको अग्रानिक ठाउँमा गएर रमाउन र त्रासलाई केहि हत भए पनि भुलाउन चाहन्छ । यस्तै ठाउँको खोजिमा रहेका सुनसरी , मोरङ्ग , उदयपुर आसपासका मानिसहरुको चाहना वराहक्षेत्र १ मा रहेको सुर्यकुण्ड क्षेत्रको मनोहरता र सौन्दर्यात्मकताले पूरा गर्न सक्छ ।

तराई संग छोटो दुरीमा वराहक्षेत्र, चतराधाम, बिष्णुपादुका र धरान नजिकैको सुर्यकुण्ड प्राकृतिक रुपमा भेडेटार पछिको प्रकृतीको रमणिय अवलोकनस्थल हो । तर सडक सुबिधा स्तरिय नहुदा पर्यटन व्यवसाय मौलाउन सकेको छैन् । डाडा पाखा रहेको सूर्यकुण्ड पर्यटकलाई लोभयाउन सक्ने स्थानको रुपमा रहेको छ । भेडेटार पुग्न धरानदेखि सुन्दर घुम्ति बाट छन् सोही अनुरुपको चतरादेखि सुर्यकुण्ड पुग्न त्यस्तै भोगौलिक प्रकृति छ । वराहक्षेत्र नगरपालीका वडा १ स्थित सूर्यकुण्ड पुग्न धरानको मङगबारे हुँदै पडाडि कच्चि बाटो बाट पुग्न सकिन्छ । भन्ने चतराको देविथान र भण्डारीटारवाट समेत सोही प्रकारको घुम्ति वाटोवाट सुर्यकुण्ड पुगिन्छ । धनकुटाको आहाले र धरानको बिष्णुपादुकासंग जोडिएको सुर्यकुण्ड साना भ्यान, ल्यण्डरोभरबाट अहिले पनि सहज रुपमा पुग्न सकिन्छ । सुर्यकुण्डबाट देखिने चतरा बजार, सप्तकोशि नदी, कोकाहा नदी , खोला, हरियाली डाडा, पाखा छहाराको रमणियताले भेडेटार विर्साउन सक्छ ।

पछिल्लो समय प्रदेश १ को पर्यटकिय गन्तव्यको विकासको लागि धरान–भेडेटार हुँदै सुर्यकुण्ड–बराहक्षेत्र केवलकार बनाउने योजना परेको चर्चाले बराहक्षेत्र सहित सुर्यकुण्डको स्वरुप बदल्ने अनुमान सवैको छ । बराहक्षेत्र नगरपालीकाका वडा नं १ का अध्यक्ष सुरेश श्रेष्ठ भन्नुहुन्छ ‘सुर्यकुण्ड चाँडै भेडेटार जस्ते पर्यटकिय गन्तव्य बन्ने सम्भावना बढेको छ ।’ उहाँका अनुसार प्रदेश सरकारले समेत चासो बढाएपछि नगरपालिकाले सूर्यकुण्डमा भ्युटावर, सडक निर्माण लाई प्रथामिता राखेको छ । बराहक्षेत्र नगरमा भेडेटार जतिका स्थानहरु छन्, तर त्यसको व्यवस्थापन, प्रचार प्रसार हुन सकेको छैन । त्यसैले भएका श्रोत साधनहरुको प्रयोग गर्न गर्दै सूर्यकुण्डको पर्यटकिय विकासमा नगरपालिका र प्रदेश सरकार केन्द्रित हुनु पर्ने उहाँले वताउनु भयो । सूर्यकुण्ड क्षेत्रमा होमस्टे, होटलहरुमा लगानि गर्ने निजि क्षेत्रलाइ आग्रह गर्दै उहाँ थप्नु हुन्छ सुर्यकुण्डको बिकासकालागि प्रदेश सरकारलाई ज्ञापन पत्र समेत बुझाइ सकेको छु । बराहक्षेत्र धार्मीक मात्र नभइ वातावरणीय सौन्दर्यताले युक्त पूर्वी तराइका सुनसरी, सप्तरी, मोरङ् झापाका आन्तरिक पर्यटकहरुको गन्तव्य बन्ने छ ।मङगोल जातिको वसोवासले किराँती सभ्यता , भाषा, भेषभुषा , संस्कृति र परम्पराको वारेमा जानकारी समेत सुर्यकुण्डवाट लिन सकिन्छ भन्ने कृषिमा सुर्यकुण्ड सहित आसपासको वस्तिलाइ मसलाको पकेट क्षेत्रको रुपमा राखिएको छ । वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालका अनुसार नगरले पहिलो वर्ष सुर्यकुण्डलाई सडक संन्जालसंग जोडन २० लाख बजेट , दोस्रो बर्ष देविथान हुँदै र भण्डारिटार हुँदै जानेबाटोलाइ २०र२० लाख बजेट बिनिमय गरेर सुर्यकुण्डको बिकासको थालनि गरेको थियो । प्रदेश सरकार समक्ष पनि सुर्यकुण्डको बिकासमा चासो देखाउन आग्रह गरेको थियो ।

सम्बन्धित खबर