बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लोकप्रिय कार्यक्रम मार्फत युवा समेट्दै शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल(कार्की)

मङ्गलवार, पौष २०, २०७८


झापा, पौष २० शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले वडामा युवा लक्षित नमुना कार्यक्रम सञ्चालनमा विषेस जोड दिनुभएको छ । जनभावना अनुसार कार्यक्रम वनाउदै समाज रुपान्तरणका लागि अब्बल भुमिका निर्वाह गर्नुभएका युवा वडा अध्यक्ष कार्कीले लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रमको उध्घाटन गर्नु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ को श्री जनआदर्श माध्यमिक विद्यालयमा सञ्चालन भएको उध्घाटन कार्यक्रमको प्रमुख अतिथिको भुमिका निर्वाह गर्दै अध्यक्ष कार्कीले लोकसेवा तयारी कक्षा सञ्चालन कार्यक्रमको उध्घाटन गर्नु भएको हो ।


कार्यक्रममा वोल्दै वडा अध्यक्ष कार्कीले वडा वाट विनियोजन भएको रु २ लाख वजेट वाट ५० जना युवा विद्यार्थी लाभान्वित हुने गरी कक्षा सञ्चालनको सुभारम्भ गरिएको लोक सेवा तयारी कक्षाका लागि काठमाण्डौ वाट प्रशिक्षक झिकाएर सञ्चालन गरिने अध्यक्ष कार्कीले जानकारी दिनु भयो । गत आर्थिक वर्ष २०७७÷७८ मा समेत लोकसेवा तयारी कक्षा सञ्चालनको कार्यक्रम मार्फत युवाहरुलाई संवोधन गनु भएका अध्यक्षले सरकारी सेवामा युवाको पहुँच पुर्याउन साथै निम्न तथा विपन्न वर्गका नागरिकहरुको जिवन स्तर माथि उठाउनका लागि पनि यो कार्यक्रम सञ्चालन गरेको वताउनु भयो । लोकसेवा तयारीका लागि संपन्न परिवारका छोराछोरीले मात्र महंगो शुल्क तिरेर आफ्नो वडा भन्दा वाहिर गएर कक्षामा सहभागि हुने गरेको विगतलाई मध्यनजर गर्दै आफनो वडाका युवाहरुको क्षमता अभिबृद्धि गर्ने लक्षकासाथ कार्यक्रम सञ्चालन गरिएको उहाँले वताउनु भयो ।


कार्यक्रममा वोल्दै लोकसेवा तयारि कक्षामा सहभागि विद्याथी सन्तु कर्णले लोकसेवा तयारी कक्षा गाउँमै सञ्चालन हुँदा धेरै रकम खर्च गरेर शहर वजार धाउनु पर्ने वाध्यता टरेको वताउनु भायो । सहभागि कर्णले वडाले युवा अध्यक्ष पाएको कारण वडामा सञ्चालन हुने हरेक कार्यक्रमहरु प्रभावकारी भएको वताउदै लोकसेवा तयारी कक्षा सञ्चानलनमा अध्यक्षको विषेस भुमिका रहेको चर्चा गर्नु भयो ।
१ महिना सम्म सञ्चालन हुने सो तयारी कक्षामा वडा नं. ६ वाहिरका युवाहरुसमेत सहभागि हुने साथै पढाइमा प्रोजेक्टरको माध्यम वाट विहान ७ः३० वाट ९ वजे सम्म कक्षा सञ्चालन हुने जनाइएको छ । लोकसेवा तयारी समुध्घाटन कार्यक्रममा अतिथिको रुपमा वडा सदस्य लक्ष्मि प्रसाद गुरायाई र बद्रिनाथ खनाल वडा सचिव विमल वाँस्कोटा त्यसैगरी शिवगञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक पदम थापा रहनु भएको थियो भने कार्यक्रम मदन अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

सम्बन्धित खबर