बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रधानमन्त्री देउवाको उपस्थितले धरानको गरिमा बढ्योस् जयकुमार राई

मङ्गलवार, पौष २०, २०७८

धरान । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य जय कुमार राईले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिले धरानको गरिमा बढेको बताउनु भएको छ
। धरान दिवस २०७८ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री देउवाको आगमनले धरानको विकासमा टेवा पुग्ने बताउनु भयो।

धरानमा खानेपानी र बेरोजगारी समस्याको कारण व्यापार बसाईसरेको उनले स्मरण गराउनु भयो । धरान स्थापना भएको १२१ बर्ष भएकाले अब ऐतिहासिकतालाई जोगाउन समग्र विकासमा बजेट विनियोजन गर्न आग्रह समेत गुर्न भयो ।
प्रधानमन्त्रीले नियुक्तभएकै बेला कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउने बाचा आफुहरुले सम्झिरहेको उनले वताउदै एमसिसीको बिषयमा रास्ट्रीय सहमति जुटाएर सदनमा ल्याउन आग्रह गर्नु भयो । धरानको मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी समस्या समाधानमा पहल लिइदिन अनुरोध गर्नु भएको छ । विपि प्रतिष्ठानको समस्या समाधान गर्नैपर्ने र धरान(धनकुटा सुरुङ्ग मार्ग निर्माण गर्न पहल गर्दिन समेत आग्रह गर्नु भयो

सम्बन्धित खबर