बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रधानन्त्रि आज दिनभर धरानमा

मङ्गलवार, पौष २०, २०७८

धरान सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवा एक दिने भ्रमणको लागि धरान आउनु भएको छ। धरान स्थापना दिवसको अवसरमा आयोजित धरान डे को उद्घाटन समारोहमा सहभागी बन्न नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रधानमन्त्री देउवा धरान आईपुग्नु भएको हो ।

देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं। १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम रहेको थियो ।

त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रममा सहभागि वनेर धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

बसपार्क अवलोकन पश्चात् प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गरी दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित खबर