बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्घाखाँची : दुर्गाफाटमा कांग्रेसको आमसभा सम्पन्न , विभिन्न पार्टी परित्याग गरि ४७५ जना कांग्रेसमा प्रवेश

मङ्गलवार, पौष २०, २०७८

हलिम खाँन अर्घाखाँची । पाणिनिको दुर्गाफाटमा नेपाली कांग्रेसको बृहत आमसभा एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त सभामा नेपाली कांग्रेसकि केन्द्रिय सदस्य एवं प्रमुख सचेतक पुष्पा भुसाल, केन्द्रिय सदस्य सन्जय गौतम लगायतका केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो। विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेमा नेकपा एमालेबाट पाणिनि गाउँ पालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम लगाएत ४७५ भन्दा बढी व्यक्तिहरु रहेको जानकारी नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ। पार्टी प्रवेश गर्ने सम्पूर्ण व्यक्तिहरूलाई महामन्त्री थापा , केन्द्रिय सदस्यद्वय पुष्पा भुसाल , सन्जय गौतम , प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान र केशव श्रेष्ठ लगाएतका नेताहरुले फूलमाला एवं अविरले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री थापाले अबको निर्वाचनमा नेपाली कांग्रेस बाहेक अन्य पार्टीको कुनै विकल्प नरहेको बताएका छन् भने पुर्व प्रधानमन्त्री केपी शर्मा वलीको अहंकारका कारण नेपाली जनताहरुले दु:ख पाइरहेको र त्यसबाट मुक्ती पाउनका लागि सबैभन्दा भरपर्दो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसनै भएको महशुस समेत गर्न थालेको बताएका छन् । महामन्त्रीमा निवार्चित भएपछि उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले स्थानीयतहको निर्वाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्वाचन मंसीरमै हुने भएकाले निर्वाचनको सभ्य र भब्य तयारीमा लाग्न सम्पूर्ण कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले एमालेको आचरणका कारण देशले ठुलो मुल्य चुकाउनु परेको बताईन् । जनताको त्याग बलीदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेसले जस्तोसुकै परिस्थितीको सामना गर्ने भन्दै नेतृ भुसालले केपी ओलीका कारण देश दुर्घटनामा फस्ने खतरा बढेको बताईन् । नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा सम्पन्न उक्त आमसभालाई कांग्रेस केन्द्रिय सदस्य संजय गौतम, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य , पुर्व केन्द्रिय सदस्य , पुर्व जिल्ला पार्टी सभापति , महाधिवेशन प्रतिनिधि एवं स्थानीय नेताहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।

सम्बन्धित खबर