बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वराहक्षेत्रधाममा श्राद्ब मेला

सोमवार, पौष १९, २०७८

संगम बिष्ट / चतरा "गया श्राद्ब सयरीनापि मुक्ति यसचरी बित्यते त्यस्य कोका जल स्पर्श प्रसाद ध्रबम मुक्ति र भविष्य ते " संसारका सारा तिर्थमा गएर एक हैन दुई हैन सय/ सय पटक गएर पितृको नाममा श्राद्ब गर्दा पनि पृत्रि उद्बार हुदैन भने त्यस्ता पृत्रिकालागि वराहक्षेत्रमा गएर कोको कोशीकीको जल छोएर पृत्रिहरुको नाम मात्र लियो भने पनि निश्चित पित्रिको उद्बार हुन्छ भनेर वराह पुराणमा भनिएको छ । स्यम पृत्रिहरुकी पत्नी कोकाहा नदि हुन्। चन्दमाकी छोरी उर्जानै कोका बनेर बगेकि छिन् । कोकाको पानिलाइ छोएरै पृत्रिहरुको नाम मात्रै उचारण गर्दा निश्चित पृत्रिहरुको उदार पण्डित योगेश भण्डारी बताउछन् । उनि भन्छन् कोकाको जल लिएर पृत्रिहरुको स्पर्श गर्नु पनि पृत्रिहरुलागि आनन्दको कुरा हो । कोकाको पानी कोसिमा संगम भए पछि अझ यसको महिमा अपार छ । पार्वतिको पसिनाबाट निश्रित विश्वमित्र ऋषिकि बहिनी कोशिकि जो जगदम्बा भनिन्छ । कौशिक ऋषिकि पुत्रि पनि हुन कोशिकि जहाँ नेर कोका कौशिकि संगम हुन्छ त्यसको महिमा अझ ठुलो हुन्छ । कोशिकिमा संगम भए पछिको स्नान त झन दिव्य स्थान हो । कोको कोशिकी संगम भएको वराहक्षेत्र धाम प्रसिद्ब तिर्थको रुपमा स्थापित छ । संसारभका हिन्दुधर्माल्भीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ । संसारको पहिलो तिर्थको रुपमा चार धाम मध्यको एक धाम वराहक्षेत्र पित्रृ उद्बार स्थलको रुपमा पनि पख्यात छ । पौखे अौशि पितृको उद्बारका दिनकालागि पवित्र दिन हो । यो वर्ष पौखे अौशि अर्थात पौष महिनाको अौशि १८ गते आईतवार परेको थियो । यो दिन सुनसरीको बिष्णुपादुका र वराहक्षेत्रमा पितृको नाम श्राद्ब गर्नेको भिड हुने गरेको थियो। यहि पौखे अौशिको अबशरमा वराहक्षेत्र धाममा शनिबारदेखि गतेदेखि सोमबारसम्म श्राद्ब मेला लागेको वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरेले बताए। पहिलो पटक मेलाको नाम दिएर आयोजना भएको उक्त श्राद्ब मेला संरक्षण मञ्चको व्यवस्थापन गरेको थियो । मेलामा १० अौं हजारले आएर कोका कोशिकिमा श्राद्ब गरेको संरक्षण मञ्चका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताए । मेलाले यसरीनै आगमि बर्षमा पनि निरन्तरता पाउने छ।

सम्बन्धित खबर