मङ्गलवार, माघ २९, २०८१
Sancharmanch

धरान खुला दिसा मुक्त क्षेत्र नाम मात्रैको

शनिवार, पौष १७, २०७८

आज देखि इसाई संवत् २०२१ को अन्त्य भई २०२२ सुरु भएको छ। आज निउ यीअर मनाउन मानिसहरु परिवार एवम् साथीभाईहरु संग रमणिय ठाउँहरु घुम्न हिँड्ने गर्दछन्। यसै क्रममा धरानका विभिन्न पर्यटकीय स्थलहरूमा पनि आज आन्तरिक एवम् बाह्य पर्यटकहरुको घुईंचो रहेको थियो। तर आज धरानको विजयपुरमा सौचालयको अभावमा बाटाका छेउछाउमा उभिएको देखियो। यो समस्या आजको मात्र नभई विजयपुरमा लाग्ने बोलबम नौरथा इत्यादि विभिन्न मेलाहरुमा यसले भयावह रुप लिइ वातावरण नै प्रदुषित बनाउने गरेको छ । केही वर्ष अगाडि धरान नगरपालिका स्थापनाको स्वर्ण जयन्ती मनाउनका लागि ठूलो समारोहको आयोजना गरिएको थियो। त्यसै समारोहमा धरान नगरपालिकालाई नेपालकै पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो। यो घोषणा गरिएको आज 11बर्ष भइसकेको हुँदा पनि सार्वजनिक तथा खुला जग्गामा दिसापिसाब गर्ने क्रम रोकिएको छैन। यसको कारण मुलतः मान्छेहरूको जनचेतना भन्दापनि प्रशासन र स्थानीय सरकारको लापरवाहीले गर्दा भएको हो भन्ने देखिन्छ। खुला दिसापिसाब रोक्न (१)जरिवाना लगाउने, (२) जनचेतनामूलक कार्यक्रम गर्ने र (३) धेरैभन्दा धेरै सार्वजनिक शौचालय निर्माण गर्ने कामहरू गरिनुपर्छ। तर यहाँ सार्वजनिक शौचालय निर्माण गरिने गरिएको छैन। धरानलाई पूर्वकै सुन्दर पर्यटकीय स्थल र विजयपुरलाई यहाँको मुख्य आकर्षण मानिन्छ। तर सार्वजनिक शौचालयको व्यवस्था राम्रोसँग नगरीएको हुँदा बोलबमको समय, नौरथाको समय, र धार्मिक तथा शैक्षिक‌ भ्रमणहरू आएको समयमा यहाँको वातावरण नै दुर्गन्धित हुन पुग्दछ। यी सबै कुराको ब्यवस्थापन वडा कार्यालयले टोल विकास समितिको आग्रहमा गर्नुपर्ने हो। तर सुरुवात गरिएको दिनदेखि टोल विकास समितिले कुनैपनि काममा अग्रसर भएर अघि बढ्न सकेन र निष्प्रभावी भयो। अब वडा कार्यालयले पर्यटन सुचना केन्द्र स्थापना गरेको जस्तै पर्यटकहरुलाई सुविधा दिन नयाँ स्थानमा सार्वजनिक शौचालय निर्माण गरी प्रमाण सार्वजनिक शौचालयहरुलाई राम्रोसँग व्यवस्थापन गरिदिने हो भने विजयपुर अझै सुन्दर र सफा हुने थियो होला।

सम्बन्धित खबर