२०२२ को सुभारम्भको अवसर पारेर झापा मेचिनगर १० निवासि सिर्जना कट्टेलले १५ जना अपाङ्ग वालवालिकालाई न्यानो कपडा तथा चप्पल वितरण गर्नु भएको छ । मेचिनगर १० निवासी वुवा राम बहादुर कट्टेल र माता सविता कुमारी कट्ेलकी एक मात्र छोरी सिर्जना आफु पनि अपाङ्ग रहेको वताउदै आफ्नो भत्ता वाट अन्य अपाङ्ग वालवालिकाको सेवा गर्ने गरेको जानकारि दिनु भयो ।
१५ जना वालवालिका मध्ये ५ जना विद्यालय जाने अपाङ्ग विद्यार्थीलाई स्विटर, मोजा र चप्पल वितरण गरिएको थियो । वाँकि १० जनालाई चप्पल तथा अन्य लत्ताकपडा वितरण गरिएको सिर्जना कट्टेलले जानकारी दनु भयो । कट्ेल समाज सुधार युवा सेवा संघकी सहसचिव समेत रहनु भएको छ । समाज सुधार युवा सेवा संघमा १५ जना अपाङ्ग वालवालिका रहेका छन । संघले आफ्नै भवनमा अपाङ्ग वालवालिकाको संरक्षण र शिक्षा दिक्षाको लागि होस्टल सो सरह सञ्चालन गर्दै आएको समाज सेवा सुधार युवा संघ, अपाङ्ग सहयोग समिति (सामाजिक सेवा सुधारका लागि युवा संघ, अपाङ्ग सहायता समितिको मेचीनगर नगरपालिका, वडा नं.७ इटभट्टामा सन् १९९६ मा स्थापना भएको थियो । यो गैरनाफामूलक र गैरराजनीतिक सामाजिक संस्था हो । सन् २००३ मा जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा दर्ता भई र सन् २००४ मा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) र समाज कल्याण परिषद् (SWC) मा आबद्ध भई विपन्न वर्गको सेवा सुनिश्चित गर्ने र सामाजिक सेवा प्रदान गर्ने क्षेत्रमा सक्रिय रूपमा समर्पित हुदै निरन्तर काम गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय, झापा त्यसैगरी, समाज कल्याण परिषद्, काठमाडौंमा र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, काठमाडौंमा विधिवत रुपमा दर्ता गरी सेवा प्रवाह गरिरहेको संस्थामा धर्म घिमिरेको अध्यक्षता रहेको छ ।