मङ्गलवार, माघ १, २०८१
Sancharmanch

१४ औँ महाधिवेसनमा पराजित झापाका सिवाकोटी पहिलो चरणको मनोनयन वाट वाहिर, झापाको राजनिति आफ्नो मुठिमा पार्न सफल सिटौला भने भित्र ।

शनिवार, पौष १७, २०७८


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेसनमा हार ब्यहोरेका ४ सहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ । त्यसमा झापाको आफु पुरानो नेताको रुपमा रहेको दावि गर्ने सुधिर कुमार सिवाकोटि भने पहिलो चरणको मनोनयनमा पर्नु भएन ।
सभापति देउवाले १४ औँ महाधिवेसनमा असन्तुष्ट रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको जनाइएको छ । प्रकासमान सिंह र विमलेन्द्र निधि सभापतिको पहिलो चरणको चुनावमा पराजित हुनुभएको थियो भने विजयकुमार गच्छदार उपसभापति र प्रकासशरण महत महामन्त्रीमा पराजित हुनुभएको थियो ।
कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार शेखर कोइराला भने केन्द्रीय सदस्य भइसक्नुभएको छ ।

सम्बन्धित खबर