बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापामा बन्यो समाजवादी पार्टीको अनेरास्ववियू

शनिवार, पौष १७, २०७८

बिर्तामोड  । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) सम्बद्ध अनेरास्ववियूको झापा जिल्ला कमिटी गठन भएको छ। 

जसको अध्यक्षमा हरिप्रसाद  भट्टराई, उपाध्यक्षमा बिनम सरदार, सचिवमा युनिस थापा, सहसचिवहरुमा अनुसा   अर्याल, रबिन अधिकारी, नवीन ताजपुरिया, कोसाध्यक्षमा प्रबिन सिटौला रहेका छन् । 

inbound970970120758015742

सहित ५१ सदस्य रहेको अनेस्वबियु झापा जिल्ला कमिटीको घोषणा अनेरास्वबियुका केन्द्रिय उपमहासचिव  मिलन राईले गरेका थिए ।

सो भेलालाई केन्द्रीय  विद्यार्थी नेताहरु केसरी रेग्मी, शम्भु घिमिरे, राजेश खड्का, सुमन कार्की, मनिसा कार्की, युसन लामिछानेले सम्बोधन गरेका थिए । 

भेलालाई प्रमुख अतिथीमा पार्टी केन्द्रीय सदस्य पुस्पराज पोखरेल, विशिष्ट झापा जिल्ला कमिटी अध्यक्ष  बेदराज रेग्मी, युवा संघ केन्द्रिय सचिव प्रत्युस राना, खेलकुद महासंघको प्रदेश नं.१ अध्यक्ष शंकर  थापा, बिध्यार्थी नेताहरुले शुभकामना मन्तब्य राखेका थिए ।  कार्यक्रमको अध्यक्षता बिध्यार्थी नेता रोशन भण्डारी र संचालन हरि प्रसाद भट्टराईले गरेका थिए । 

सम्बन्धित खबर