बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

डा.एकराज गौतमको अर्के सफलता बिर्तामोडको मनमोहन हस्पिटलमा जन्मिए तिम्ल्याहा,

शनिवार, पौष १७, २०७८


झापाको विर्तामोड स्थित मनमोहन सामुदायिक अस्पिटलमा बिहीबार साँझ डाक्टर एकराज गौतमको नेतृत्वमा खटिएको चिकित्सकको टोलिद्वारा सफल शल्यक्रिया पछि ति शिशु जन्ज्मिएका हुन । झापाकै हल्दीबारी गाउँपालिका वडा नं. २ बस्ने नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी डा.गौतमले सञ्चार मञ्चलाई जानकारी दिनु भयो । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एकराज गौतम नेतृत्वको चिकित्सकीय टोलीले गरेको डेढ घण्टा लामो शल्यक्रियापछि जन्मिएका शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा.गौतमले जानकारी दिनु भयो ।


तिम्ल्याहा शिशुमध्ये दुई जना छोरा र एक छोरी छन् । पहिलो जन्मिएको बच्चाको तौल २.२ किलो छ । दोस्रो बच्चाको तौल १.६ र तेस्रो बच्चाको तौल २ किलो रहेको डा. गौतमले जानकारी दिनुभयो । सुरुमा पटक पटक बच्चा खेर जाने समस्या देखिएपछि चिन्तित भएका नेत्रमाया र उनका श्रीमान् सन्तोस पराजुली एकवर्ष अघि मनमोहन अस्पतालको सम्पर्कमा आउनु भएको थियो । धेरै अस्पताल तथा क्लिनिकमा सेवा लिदा पनि सफल नभए पछि अन्त्यमा मनमोहन अस्पताल आउनु भएका पराजुली दम्पती अन्तिम प्रयासका लागि मनमोहन अस्पताल आउनु भएको थियो । डा.गौतमको उपचार पश्चात सफल गर्भाधान पश्चात ३ शिशुको जन्म भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
पछिल्लो ६ वर्ष यता झापाको मनमोहन अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एकराज गौतमका कारण स्त्री तथा प्रसूतिसँग सम्वन्धित समस्याको समाधानमा निक्कै ठुलो सफलता हाँसिल गरेको छ । जस्ले निसन्तान दम्पतीको जिवन सार्थक मात्र पारेको छैन समाजमा उच्च स्थान आगटेको देखिन्छ भने स्त्री रोग वाट समस्यामा जकडिएका परिवारका लागि डाक्टर एकराज गौतम भगवान सावित भएको सेवा ग्राहि सुनिता धिताल (काफ्ले) वताउनु हुन्छ ।

सम्बन्धित खबर