बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।

शुक्रवार, पौष १६, २०७८

मेलिना सिंह ठकुरी १६ पौष, अर्घाखाँची सन्धिखर्क नगरपालिका- ९ र १० मा रहेको अर्घा साना किसान कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन आज धरम्पानीमा सम्पन्न भएको छ । उक्त अवसरमा संस्थाका अध्यक्ष मुना सिंह ठकुरीले वार्षिक प्रगति प्रतिवेदन प्रबन्धक शारदा के.सी .ले आर्थिक वर्ष २०७७/०७८ को २ करोड रुपैयाँ बराबरको आय व्यय विवरण सभामा प्रस्तुत गरेका थिए । लेखा समितिको प्रमुख कल्पना क्षेत्रीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानीमा जोड दिनुपर्ने बताउँदै यसका लागि साना किसान कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेकोमा प्रसंशा गरेका छन् ।

सन्धिखर्क नगरपालिका १० नं. वडाका वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले संस्थाले राम्रो काम गरेको र आगामी दिनमा सेयर सदस्यहरुलाई आम्दानी मुखी कृषि गर्न प्रेरित गर्न सल्लाह प्रदान गरेका छन्। कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स अर्घाखाँची प्रमुख नारायण जि.सी, संस्थाका सल्लाहकार डिल बहादुर रानाभाट, सन्धिखर्क नगरपालिका सहकारी शाखा प्रमुख जीवनारायण आचार्य, मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष मिश्रा आचार्य , संस्थालाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाता रामजी प्रसाद मरासिनी, सेयर सदस्यको तर्फबाट शान्ता नेपाली लगायतले मन्तव्य राखेको कार्यक्रममा मित्रलाल आचार्य, देवकीनन्दन भुसाल लगायतको उपस्थिति रहेको थियो। ६२८ शेयर सदस्य रहेको संस्थाको आज सम्पन्न साधारण सभाबाट मुना सिंह ठकुरीको अध्यक्षतामा ९ सदस्यीय संचालक समितिको निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा बिमला खनाल आचार्य, सदस्यहरुमा कमला आचार्य,गिता आचार्य, बिन्दु वि.क , कमला वि.क, शान्ता रायमाझी, शान्ता आचार्य रहेका छन । त्यसैगरी कल्पना क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय लेखा समितिको समेत चयन गरिएको छ भने समितिको सदस्यहरुमा गंगा थापा, बसना भुसाल, रमा वि.क र रिता मरासिनी रहेका छन ।

संस्थामा सल्लाहकार भने पुरानै समिति यथावत् राखेको छ साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष मुना सिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको प्रमुख आतिथ्यता, सन्धिखर्क नगरपालिका १० नं. वडाका वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीको विशिष्ट आतिथ्यता र सरला आचार्य मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर