बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सन २०२१ नेपाली पत्रकारीता क्षेत्रका लागि चुनौति पुर्ण वर्ष रहेको नेपाल पत्रकार महासंघको निष्कर्ष,

शुक्रवार, पौष १६, २०७८


सन २०२१ नेपाली पत्रकारीता क्षेत्रका लागि चुनौति पुर्ण वर्ष सहेको नेपाल पत्रकार महासंघले निश्कर्ष निकालेको छ । महासंघले अंग्रेजी वर्ष २०२१ को अन्तिम दिन अर्थात पौष १६ गते एक विज्ञप्ति जारि गर्दै सन् २०२१ मा ६२ वटा प्रेस स्वतन्त्रता हननका घटनामा १९० जना संञ्चारकर्मी प्रभावित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा ३२ वटा धम्की तथा दुब्र्यवहारका घटना घटेका छन भने, पेशागत सुरक्षाका १०, कब्जा र अवरोधका १०, पत्रकार आक्रमणका ५, पत्रकार गिरफ्तारका ४, नीतिगत वन्देजका १ घटना घटेको र घटना घट्नुको मुख्य कारणको रुपमा भ्रष्टचार अनियमिततालगायतका समाचार संकलन तथा प्रसारण रहेको पनि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यस वर्ष विभिन्न सार्वजनिक समूहले आयोजना गरेका विरोध प्रदर्शका खवर संकलन गर्ने क्रममा नेपाल प्रहरी तथा ससस्त्र प्रहरीको लाठि चार्ज वाट समेत सञ्चारकर्मीहरु घाइते भएको तथ्याङ्क छ । यस वर्ष सञ्चारकर्मीलाई सार्वजनिक कार्यक्रमका समाचार संकलन गर्न समेत रोक लगाइएको छ । संसद्,संसदीय समितिका वैठक, मन्त्रिहरुको सपथग्रहण वा विभिन्न राजनितिक दलका महाधिवेसनलगायतमा समेत सञ्चारकर्मीलाई समाचार संकलनमा अवरोध गरिएको तथ्याङ्कले देखाएको छ । संघ, प्रदेश र स्थानिय सरकारवाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्वधी विभिन्न कानूनहरु वनाउने तथा संसदमा दर्ता गर्ने काम भएका छन । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताविरुद्ध रहेका विचाराधीन यि कानूनले नेपालको संविधानले प्रत्याभुत गरेको पूर्ण प्रेस स्वतन्त्रताको ब्यवस्थालाई चुनौती थपिदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर