बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वराहक्षेत्रमा धार्मिक र बिद्यालय परिसरमा ५ सय मिटर वरपर मध्यपान र धुब्रपान बिक्रि बितरण निशेध ,

शुक्रवार, पौष १६, २०७८

सुनसरीको वराहक्षेत्र नगरपालिका भित्रका बिद्यालय , क्याम्पस र धार्मिक क्षेत्र मठ, मन्दिर परिषदबाट ५ सय मिटर वरपर मध्यपान र धुब्रपान जन्य पदार्थ, बस्तुमा बिक्रि बितरण गर्न निशेध गरिएको छ । वराहक्षेत्र नगरपालिकाले इलाका प्रहरी कार्यलय महेन्द्रनगर र महिला पुनस्र्थापना केन्द्र ( अोरेक) नेपालको साझेदारीमा लागुपदार्थ दुव्यसनीलाई न्युनिकरण गरि सभ्य समाज निर्माण गर्ने उदेश्यले बिद्यालयको वरिपरि चुरोज, रक्सि , खैनी, गुट्खा जस्ता धुब्रपान र मध्यपान र मन्दिरको ५ सय मिटर वरपरको क्षेत्रलाई धुब्रपान , मध्यपान र खुल्ला रुपमा माछा मासु बिक्रि बितरणमा निशेधित क्षेत्र घोषणा गरिएको हो । बिहिबार नगरपालिकाको धार्मिक क्षेत्र चतरामा एक अौपचारिक कार्यक्रम आयोजना गरि नगर प्रमुख निलम खनालले सुचना पार्टी अनावरण गरेर धुब्रपान , मध्यपान निशेधित क्षेत्र घोषणा गरेका थिए । उक्त कार्यक्रममा जिल्ला प्रशाशन कार्यलय सुनसरीका प्रमुख इन्ददेव यादव , जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक संजयसिह थापा लगाएत वराहक्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि , विभिन्न बिद्यालयका प्रध्यानाध्यापकहरु , शिक्षकहरु , बिद्यार्थीहरु , उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । निशेधित क्षेत्र घोषणा पछि बिद्यार्थीहरुले लागू पदार्थ न्युनिकरण गरौ भन्दै नारा लगाएका थिए । वराहक्षेत्र नगरपालिकाका ८ वटा सामुदायिक बिद्यालय , १ संस्थागत बिद्यालय र धार्मिक बिद्यालयका बिद्यार्थीहरुले प्रभातफेरी समेत गरेका थिए । वराहक्षेत्र - २ पुनरबास स्थित आदर्श माध्यमिक बिद्यालयबाट सुरु प्रभातफेरी हाटखोला , जागृत चौक , मिलन टोल , वयरबन हुँदै वस पार्कमा कोष सभामा परिनत भएको थियो । वडा नं २ का वडाध्यक्ष हरिकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न कोष सभामा आदर्श माध्यमिक बिद्यालयका प्रधानाध्यापक प्रल्लाद भट्टराई , वडा नं ९ का वडाध्यक्ष दिपक लिम्बू , जिल्ला प्रहरी कार्यलय सुनसरी प्रमुख संजयसिह थापा , जिल्ला प्रशाशन कार्यलय सुनसरीका प्रमुख इन्ददेब यादव र वराहक्षेत्र नगर प्रमुख निलम खनालले बोलेका थिए । कोष सभामा आदर्श माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले लागू पदार्थ दुब्यसनी र लैङ्गकि हिसा बिरुषको चेतना मुलक सडक नाटक समेत प्रस्तुति गरेका थिए।

सम्बन्धित खबर