बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

साथीहरूसँग ब्राउन सुगर सेवन गर्दा पक्राउ परे र्‍यापर लाउरे,

बिहिवार, पौष १५, २०७८

पोखराबाट चर्चित र्‍यापर आशिष राना ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ परेका छन्।

‘लाउरे’ नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए।

उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी बुधबार बेलुका पक्राउ परेका हुन्। एसपी थापाका अनुसार लाउरेलाई लागु औषध ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ गरिएको हो।

‘लाउरे भन्ने आशिष रानालाई हामीले लागु औषधको मुद्दामा ल्याएका छौं,’ एसपी थापाले भने, ‘अनुसन्धानको क्रममा छ।’

उनीसँगै अरू चार जना पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन।

पक्राउ परेका अरूबाट ब्राउन सुगर पनि बरामद गरेको एसपी थापाले बताए। उनका अनुसार लाउरेसँग भने ब्राउन सुगर भेटिएको छैन।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लाउरे हिमालयन रोडिजका निर्णायक पनि हुन्। र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए।

उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।

सम्बन्धित खबर