बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आज तमु ल्होसार मनाइँदै ।

बिहिवार, पौष १५, २०७८

आज पुष १५ गते अर्थात् गुरुङ जातिहरुको महान् चाड तमु ल्होसार आज मनाइँदै छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँने गर्छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो बिक्रम संवतका अनुसार पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन रहेको छ। तमु ल्होसारले गुरूङ् समुदायको भित्तेपात्रोमा नयाँ सम्वत सुरु भएको सङ्केत गर्दछ ।

हिजो देखि साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिएको थियो। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट गरि नाता कुटुम्बहरूलाई बोलाएर भोज खुवाएर अत्यन्तै धुमधामका साथ यस पर्वलाई मनाइँदै छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड र पटुकी बाँध्छने गर्छन्।

सम्बन्धित खबर