बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आगामी निर्वाचनमा एमालेको बहुमत कसैले रोक्न सक्दैन — केपी ओली ,

मङ्गलवार, पौष १३, २०७८

झापा — नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने दावी गरेका छन् । देशैभरि एमालेको पक्षमा जनलहर आएको दावी गर्दे एमालेको बहुमतलाई कसैले रोकेर, छेकेर रोक्न नसक्ने उनको भनाई थियो । दमक ३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दे उनले एमालेले गरेको कामलाई देखेर जनताले फेरि पनि तीनै तहको निर्वाचनमा एमालेलाई बहुमत दिएर जिताउने जोड दिए । एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको उल्लेख गर्दे उनले अव जनताले नै फेरि अत्याधिक मत दिएर एमालेलाई सिंहदरवारमा पुर्याउने बताए । उनले भने,‒‘जनताले एमालेलाई खोजेका छन्, आगामी निर्वाचनबाट त्यो प्रमाणित हुनेमा दुइमत छैन्’ । देशमा विकासको लहर चलाएको प्रति रिस गरेर एमाले नेतृत्वको सरकार ढालेको ओलीको आरोप थियो । उनले आउदो चुनावमा प्रचण्ड ,माधव नेपाललाई जनताले लेखाजोखासहित जवाफ दिने धारणा राखे । उहाँहरुको चुरिफूरी चुनावसम्म मात्र भएको र चुनाव पछि बत्ती बालेर खोज्नु पर्ने उनको टिप्पणी थियो । शनिबार गृह जिल्ला झापा आएका ओली सोमबारसम्म दमकमा बस्ने कार्यक्रम छ । झापा क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य समेत रहेका ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुको अवलोकन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।.

सम्बन्धित खबर