बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

करणी मुद्दामा सफाइ पाएपछि भोक्राहनरशिंह गाउँपालिकाका अध्यक्षको भव्य स्वागत,

मङ्गलवार, पौष १३, २०७८

इटहरी । बालिका बलात्कार प्रकरणमा पक्राउ परेका भोक्राहनरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादव रिहा भएका छन् । अध्यक्ष यादवको रिहाइ संगै स्थानीयले खुशियाली मनाएका छन । गत बैशाख ८ गते इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरि र्पुपक्षका लागि झुम्का कारागरा पठाइएको थियो । एक साता अघि रिहा भएका उनको भोक्राहनरसिंह गाउँपालिकाको कार्यलय अगाडि भव्य कार्यक्रम भएको हो । यादवलाई फसाउने षड्यन्त्र असफल भएको र न्यायको जित भएको भन्दै सयौं समर्थकले नारा लगाएका हुन् । सुनसरी जिल्ला अदालतका ६ नम्बर न्यायधिश टिकेन्द्र दाहालको इजलासले अध्यक्ष यादवलाई सफाई दिएका हुन् । पुष ४ गते आईतबार छैठौ पटकको पेशीमा दाहालको इजलासले अध्यक्ष यादवलाई सफाई दिएको हो । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ४० बर्ष देखि भोक्रहको विकासमा लागेको नेता भएकाले आफू जनताको सेवाबाट पछि नहट्ने बताए । सास रहुन्जेल जनताको सेवामा लाग्ने भन्दै यादवले षड्यन्त्र गरेर फसाइएको प्रष्ट पारे।

सम्बन्धित खबर