बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वाङ्गे – धरान सडक कालोपत्रे गर्ने जिम्मा मेरो – मन्त्री कार्की ।

मङ्गलवार, पौष १३, २०७८

सुचना , संञ्चार तथा प्रविधि मन्त्री एव सरकारका प्रवक्ता ज्ञानेन्द्र वहादुर कार्की सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ३ वाङ्गेदेखि नडाहाहुदै धरान उपमहानगरपालिका जोड्ने कच्चि सडकलाई कालोपत्रे गर्ने बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्कीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको जनताको माग र अतिआवश्यक योजना रहेकाले प्रदेश नं १ सरकारले चालु आर्थिक बर्षमा बजेट उपलब्ध गराएर काम अगाडि बढाउन भौतिक पुर्वआदार मन्त्री हिमाल कार्कीलाई संघिय मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आग्रह गरेको कार्कीको कुरा उद्दित गर्दै नेपाली कांग्रेस वराहक्षेत्रका सभापति रमेश कार्कीले बताए । प्रदेश सरकारलाई बजेट अभाव भए आगमी आर्थिक बर्षको बजेटमा संघिय सरकारले योजनालाई बजेट बिनियोजन गर्ने कुरा निश्चित भएको सभापति रमेश कार्कीले बताए । सुनसरीको ग्रामिण वराहक्षेत्र नगरपालिकालाई धरानसंग जोड्ने वाङ्गे- धरान सडक करिब १६ किलोमिटर छ ।

सम्बन्धित खबर