बुधवार, असोज ३०, २०८१
Sancharmanch

हराउदै परम्परागत रुपमा काठबाट बनेका कलात्मक ठेकी ।

मङ्गलवार, पौष १३, २०७८

सुदिप अधिकारी, झापा — परम्परागत रुपमा काठबाट बनेका ठेकी लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रुपमा काठबाट निर्मित कलात्मक तबरले कुदिएका दहि जमाउने काठका ठेकी मात्र होईन अन्न भर्ने पाथी र मानाका साथै दुध दुहुने ढुङ्ग्रो, घिउ जमाउँने हर्पे जस्ता बस्तुहरु आजभोलि गाउँ देखी शहर बजारसम्म खासै देख्न पाईदैन । अहिले ति बस्तुहरु क्रमश गाउँदेखी शहरसम्म पनि लोप हुदै गएका छन् । पहिला पहिला प्लाष्टिक तथा सिलिभर र स्टीलका भाँडा खासै भेटिन्न थियो । जसका कारण काठबाट बनेका बस्तुहरु चलनचल्तीमा आउथे । तर अहिले जताततै प्लाष्टिकजन्य बस्तुको प्रयोग बढेका कारणपनि बाठबाट बनेका बस्तुहरु लोप हुन थालेको व्यवसायी हर्क कार्कीले बताए । उनले भने, “पहिला प्लाष्टिक, सिलिभर र स्टीलबाट बनेका भाँडाहरुको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको वारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठवाट ठेकीहरु निमार्ण हुने गर्दथ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ भने यो पेशामा लाग्ने व्यक्तिहरु समेत पलायन हुन थालेका छन् ।” व्यक्तिको घर कान्लाका रुखहरु पनि मासिदै गए । पहिला पहिला काठवाट वनेका ठेकीहरुको माग अत्याधिक हुने गर्दथ्यो । अहिले गाउँघरमा गाई भैसी पाल्नेको संख्यापनि घट्दै जान थालेको छ । कसैले पाली हाले भने पनि दुध सिधै डेरीमा विक्री गर्न थालेका छन् । त्यसकारण परम्परागत रुपमा काठबाट बनेका ठेकी लोप हुने अवस्थामा पुगेको सर्बसाधारणहरु बताउँछन् । पहिला काठबाट बनेको ठेकीमा दुध जमाउँदा राम्रो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरुमा जमाको दहि महि र घिउको त्यस्तो स्वाद नहुने महादेबी घिमिरे बताउँछिन् । काठवाट वनेका जस्तो ठेकी अन्य वजारमा खरिद गरेका आल्मुनियमका भाँडाहरु नहुने र त्यसमा जमाएको दुधवाट वनेका सामाग्रीहरु पनि मानव स्वास्थ्यको लागि गुणकारी नहुने चिकित्सकहरु बताउँछन् ।

सम्बन्धित खबर