मङ्गलवार, कार्तिक ६, २०८१
Sancharmanch

कृषि संम्बन्धि राम्रो सरकारी योजना नहुँदा भबिस्यमा कठिन हुनसक्छ।

मङ्गलवार, पौष १३, २०७८

कुनैपनी योजनाबिना कामगर्दा गन्तब्य कता हो अज्ञात हुन्छ ।कता पुग्ने कुन उद्देश्यलिएर कुन काम गर्ने र कसरी लक्षमा पुग्ने भन्ने बाटोको तय आजै हुनु र बेलैमा हुनु जरुरी छ राम्रो योजना र तथ्यबिना लक्षमा पुग्न कठिन हुनसक्छ त्यसको लागि पहिले त योजना तय गर्नु आबस्यक देखिन्छ ।जुनसुकै कामगर्दा त्यसको केही नक्साकोर्नु आबस्यक छ बिज्ञको राय सल्लाह लिनु पर्छ।समय केही ढिलोहोला तर काम सफल हुन्छ !राम्रो र गुणस्तर हुन्छ ।बिस्वमा जे जति काम भएका छ्न ती सबै कुनै योजना र तथ्य बाट नै सफल भएका छ्न ।जहाँ सफल र सक्षम ब्यक्तिको योजनाकारको राय सल्लाह र योजना बनाउन लगाइन्छ एउटा नियम कानुन र परिधी भित्र रहि उक्तकाम सम्पन्न गरिन्छ।त्यहीँ तथ्यलाई मध्यनजर गरि नेपाली कृषिप्रणाली वा कृषिक्षेत्रमा एउटा बेलैमा तत्कालराम्रो खालको योजना चाहिएको छ।जसले भबिस्यमा आइपर्ने जस्तोसुकै परिस्थितिमा सामना गर्न सकोस । नेपाल एउटा सुन्दर सान्तदेश र हरेको कुराको भरिपुर्ण नै छ गर्नेहोभने के हुँदैन यहाँ जुनसुकै काम सफल हुनसक्छ तर हामिहरुमा काम गर्ने इच्छाशक्ति नभएर वा सरकारी तह्बाट विशेष योजना नभएर केही ढिलोभएकै छ ।यहाँ कृषिकोलागि पानी प्रसस्तै छ जडिबुटीको राम्रो उत्पादन हुन्छ र दुध फलफूल माछामासुकोराम्रो संभावना छ। कृषिखाद्यान्न को राम्रो उत्पादन हुन्छ।तर पनि यसलाई बेलैमा राम्रो खालको सरकारी योजना नहुँदा लक्षमा पुग्न सकिएको छैन ।सासक बर्गले हरेक कुरामा आफ्नो सत्ता राजनिती मात्रहेर्नेकी कृषीबारे आजै कृषि क्षेत्रमापनि हेर्ने यहीँ चाल हो भनेत बेलायतमा जस्तो स्थिति आउन पनि सक्छ जहाँ उधोग लागि कच्चापदार्थ नभएर घर भत्काइ पुन खेतिगरी कच्चापदार्थ उत्पदन गरिएको थियो।हाम्रो सासक बर्गहरु पाँचमिनेटको तालिको लागि किन भासण गर्दैछ्न ।न कुनै योजना न कुनै तथ्य यो अवस्थाले नेपालीको भबिस्य के होला एकपटक कल्पना गरौत। पहाड झन बाझिएको छ जहाँ खेतिपाती र फलफूल जडिबुटी पशुपालनको राम्रो संभावना छ ।कुनै रोजगारी नपाएर युवा बिदेशिन बाध्यछ्न ।बसाइँ सराइ तिब्ररुपमा छ ।तराइकाअन्न फल्ने सुनौला सुन्दर फाँटमा आज तिसबै घर घडेरीको रुपमा बिस्तार छ्न ।कस्तो अचम्म एउटा खेतको गरामा सुन्दर सुनौला धानका बाला झुलिरहेका हुन्छ्न बिचमा गगन चुम्बी भवन ठडिएको हुन्छ।किन आज यो कृषिउर्जर भुमिमा खेतिपाती त्यागी घर घडेरीको अबस्था आयो यो अबस्थाले त भबिस्य निकै खतरा र डरलाग्दो अबस्था आउँछनि ।राज्यले कुन ठाउँमा बस्तीबसाउने र कुन ठाउँमा खेतिपाती गर्नेभन्ने किन आजसम्म पनि कुनै ठोस प्रकारको योजना बनाउन सक्दैन ।बिचौलियाहरु किसान बाट कौडिको भाउमा जग्गालिइ भारी मुल्यमा सोझासिधा जनतालाइ झुक्याइरहेका छ्न । सहर केन्द्रित जनसंख्या धेरैछ भबिस्यमा अन्न उत्पादन गर्ने जमिन यस्तै चालले बाँझिदै जानेहो भने खाद्यान्न कहाँबाट आउँछ?गतबर्स मात्र भारत लगायत तेस्रो देशबाट चामल मात्र ५०अर्ब माथिको आयत छ ।अन्य कृषि क्षेत्रगरी १खर्बमाथिको आयत छ !हाम्रो देश कृषि प्रधान भन्ने यो स्थितिले भबिस्यमा के कस्तो अबस्था आउला ?नेपाली कृशकले उत्पादन गरेका अन्नपात हरु अन्य कृषिखाध्य बस्तुहरु पनि बेलैमा नबिक्ने र बिकेपनी कम मुल्यमा खरिद गरिदिने बिचौलिया हरुले किसान बाट कौडिको भाउमा कृषी बस्तु खरिदगरि बजारमा मूल्य तिनगुणा सम्म पारिरहेको पाइन्छ ।सरकारले हरेक कृषि बस्तुको भाउ तोक्नुपर्छ।बिचौलिया हरुलाइ पस्न नदिइ कुनै त्यससम्बन्धी निकाएलाइ जिम्मा लगाउनुपर्छ र सबै ठाउँमा भारतिय बस्तुको दबदबा पनि बढिदेखिन्छ। नेपाली किसानले मिहिनेतदु:ख गरि फलाएका अर्गानिक बस्तुहरु त्यसै खेर जाने र बिदेशीबिसादी राखेकाबस्तु कम गुणस्तरीय बस्तुहरु नेपाली बजारमा छिपछिप्ती छ जसले गर्दा स्वास्थ्यका साथै पैसा बिदेश पलायन पनि भएको छ। अब देशमा कृषि संम्बन्धि राम्रो योजना बेलैमा आउनुपर्छ ।बसाइ सराइ तत्काल रोक्नुपर्छ ।कृषी बिज्ञको राम्रो राय सल्लाह लिनुपर्छ ।राम्रो बुझकार प्राबिधिक टिम छनौट हुनुपर्छ।खेती गर्ने सुनौला फाँटमा जग्गा पलट रोक्नुपर्छ ।कहाँ बस्तिबसाउने कहाँ खेती गर्ने भन्ने एउटा देशको योजनाआजैदेखि हुनैपर्छ।देशका कुन कुन ठाँउमाकुन खेती हुन्छ माटोको परिक्षण गरि उक्त ठाउँमा माटो र मौसम सुहाउँदो खेती गर्नुपर्छ ।नेपाली साशकले गफ भासणमा मात्र सिमित नभई अवत एउटा योजनामा यो काम तत्काल गर्नुपर्छ।देशको सम्पुर्ण क्षेत्रमा कृषि सम्बन्धि कार्यक्रमको सुरुवात र दक्ष प्राबिधिक हरु सबै ठाउँमा हुनुपर्छ र त्यसक्षेत्रमा सिंचाइको ब्यबस्था र मल उन्नत बीउ मल आधुनिक कृषी औजार को ब्यबस्था र नयाँ युवापुस्तालाइ यसमा आउन आकर्षक गर्नुपर्छ प्रोत्साहित गर्नुपर्छ।उत्पादित बस्तुहरु खेर जानदिनु हुँदैन बजार सम्म ल्याउने ब्यबस्था हुनुपर्छ ।बिदेशी कृषि बस्तुको आयात पुर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्छ ।होइन भने भबिस्यमा झन जटिलता आउन सक्छ ।भारतले बेलाEnter

Subhash

Subhash Gnawali

बेलामा कष्टपुर्ण रुपमा नाकाबन्दी गर्ने र नेपाली जनतामा समस्या ल्याउने गर्छ जसले गर्दा यो कृषि क्षेत्रमा भबिस्यमा यो अबस्था न आउला भन्न सकिँदैन त्यसैले कृशिमा आत्मनिर्भरको लागि आजैबाट एउटा सरकारी योजना र तथ्य हुनु जरुरि छ ।सबैकुरालाई आजैबाट ब्यबस्थित गराए भोलिको दिनमा राम्रो हुनसक्छ यसको उन्नतिको लागि सबै लागिपरौ कृषिप्रधान देशमा कृशिको राम्रो बिकास गरौं ।जय कृषि काशिराम घिमिरे पाणिनी :४पटौटी अर्घाखाँची हाल :बानेश्वर काठमाडौ

सम्बन्धित खबर