बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश १ मा ट्राफिक सप्ताह सुरु, दुर्घटनाको ग्राफ बढ्दै, तीन वर्षमा एक हजारभन्दा बढीको मृत्यु ।

सोमवार, पौष ५, २०७८

सुदिप अधिकारी∕झापा — आजदेखी प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह‒२०७८ सुरु भएको छ । साताव्यापी रुपमा आयोजना हुने उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने बताईएको छ । यसै अवसरमा सात बर्षीया ऋषिका भण्डारीलाई हेल्मेट लगाएर झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले झापामापनि ट्राफिक सप्ताहको उद्घाटन गरे । आज बिहान बिर्तामोडमा आयोजित उद्घाटन कार्यक्रममा प्रभातभेरिको समेत आयोजना गरिएको थियो । साताव्यापी आयोजित उक्त कार्यक्रममा सडक सुरक्षाका विविध चेतनामूलक कार्यक्रम आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख चापागाईंले बताए । कार्यक्रममा बोल्दै चापागाईले दुर्घटना बढि जसो चालकको लापरबाहीका कारण हुने भएपनि सडक सुशासनसँग सम्बद्ध सबै पक्षले स्वामित्व ग्रहण गर्नु पर्ने धारणा ब्यक्त गरे । कार्यक्रमका अध्यक्षता समेत गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराईले ट्राफिक नियमको पालना नहुँदा दुर्घटना हुने गरेको बताए । ट्राफिक सप्ताह कार्यक्रम प्रदेशभर साताव्यापी रुपमा जिल्लाका विभिन्न स्थानमा पुष १० गतेसम्म संचालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रदेश १ मा दुर्घटनाको ग्राफ बढ्दै प्रदेश १ मा आर्थिक बर्ष २०७५∕७६ मा ३१३, २०७६∕७७ मा ३३२, २०७७∕७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । ट्राफिक प्रहरीको यो तथ्याङ्कलाई हेर्दा हरेक बर्ष सडक दुर्घटनामा परि अकालमै ज्यान गुमाउनेहरुको ग्राफ उच्च हुँदै गएको देखिन्छ । यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताह अन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको छ बताईएको छ । दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटनालाई केहि हदसम्म न्यूनिकरण गर्न सकिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।

सम्बन्धित खबर