बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको रानि वन पर्यटकिय क्षेत्र पालिका अध्यक्ष द्वारा उध्घाटन ।

सोमवार, पौष ५, २०७८


झापा । झापा गाउँपालिका झापाको एक मात्र सामुदायिक रानि वनमा वाल उद्यान, ८ वटा वोटिङ जलाशय सहितको बनभोज स्थलको एक भब्य कार्यक्रमका विच समुध्घाटन भएको छ ।


झापा गाउँपालिकाले वरिपरि वाट बस्तिले घेरिएको एक सुन्दर क्षेत्र रानि सामुदायिक वन भित्र पर्यटकिय क्षेत्रको विकासका लागि विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरी विकासका आधार स्तम्भ तयार पारेको छ । ३ वटा वडाहरुको सिमा क्षेत्रसँग जोडिएको उक्त वनको पर्यटकीय क्षेत्र झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले रिवन काटेर उध्घाटन गर्नु भएको थियो । १० कठ्ठा क्षेत्रफलमा फैलिएको वाल उद्यानमा एक घुम्ने पिङ, २ चाकाचुली, १ चिप्लेटी, ८ वटा पिङ, २ वटा स्प्रिङ हर्सको ब्यवस्थापन गरिएको छ ।


२०६३ सालमा समुदायलाई हस्तान्तरण गरिएको रानि वन भित्र ८ वटा प्राकृतिक पोखरी मध्ये ६ वटा पोखरी सञ्चालनमा रहेका छन । १० विगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा कार्प जातका माछा पालनसँगै वोटिङ सञ्चालनका लागि ४ वटा वोट खरिद गरि प्रयोगमा ल्याइएको छ । स्थानिय सरकारको आगमनसँगै रानि वनमा पर्यटकीय क्षेत्र विकासका लागि हरेक बर्ष वजेट विनियोजन गरेर संवोधन गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले वताउनु भयो ।


रानि वन पर्यटकिय क्षेत्र विकासका लागि चालु आर्थिक वर्षमा मात्र रु १७ लाख वजेट ब्यवस्थापन गरेको गाउँपालिकाले, सिमसार क्षेत्रमा पिकनिक स्पोटमा आवश्यक पर्ने पिउने पानि र सौचालयको ब्यवस्थापनका लागि पहल गर्ने साथै संंघ र प्रदेश सरकारसँग थप ब्यवस्थापनका लागि सहयोग माग गर्ने झापा गाउँपालिका वडा नं.६ का अध्यक्ष हरिबहादुर वानियाले जानकारी दिनु भयो ।
२०२८ सालमा राजा महेन्द्रले सिकार खेल्ने क्रममा १८ हात लामो वाघको सिकार गरेको साथै रानिले सोहि स्थानमा रहेको पोखरीमा कपाल धोएको किम्बदन्ति रहेको उक्त पोखरीको संरक्षणका लागि रानि वनको उपमा दिएर नामाङ्करण गरिएको सामुदायिक वनमा पहिला सिमल र वयरका वोटहरु मात्र रहेको र पछि विस्तारै अन्य प्रजातिका वोट विरुवा लगाउँदै एक सुन्दर वन स्थापना भएको जानकारहरु वताउँछन ।

यसको संरक्षण र विकासमा गाउँपालिका वाट विषेस कार्यक्रम सञ्चालन गरेको वडा नं. ३ का अध्यक्ष मोतिलाल गणेशले जानकारी दिनु भयो ।
झापा गाउँपालिका वडा न. ३, ६ र ७ को सगम स्थानमा रहेको उक्त सामुदायिक वन १०४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस वनको उत्तर पटि जलपा देवि मण्दिर र भलिवल खेल मैदानको ब्यवस्थापन गरिएको छ भने दक्षिण तर्फ साकेला थान र फुटवल मैदानको स्थापना गरिएको छ त्यसै गरी वनको मध्य भागमा पोखरी हरु रहेका छन । पोखरीको आसपासमा हावा घरहरु, वनभोज स्थल, वाल उद्यान र भ्यु टावर स्थापना गरिएको छ । संरक्षित वन भित्र सिमसार क्षेत्रको ब्यवस्थापनका लागि सामुदायिक वन उपभोक्ता समिति लागि परेको वन सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार आङ्देम्बेले जानकारी दिनु भयो ।


रानि सामुदायिक वनका अध्यक्ष नरेन्द्र कुमार आङ्देम्बेको अध्यक्षतामा सञ्चालन गरिएको उध्घाटन कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रम सञ्चालन सामुदायिक वनकी सचिव पुष्पा प्रशााइले गर्नु भएको थियो ।

सम्बन्धित खबर