बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

क्यान्सर लाग्दा घर जग्गानै सकियो ।

सोमवार, पौष ५, २०७८

वराहक्षेत्र - ३ बिचपानीकि जुना विश्वकर्माको दुबै मिर्गौलामा समस्या छन् । ८ बर्षदेखि मिगौला पिढित जुना रोगसंग लडिरहेकि छिन् । १ छोरा र १ छोरीकि धनि जुनाको साहार अहिले उनको श्रीमान महेन्द्र छन् । जसोतसो श्रीमतिको उपचारमा ८ बषदेखि लागि रहेका उनले घरसंगै धरानको र वेलबारीको २ कट्टा घडेरीनै बिच्नु परेको छ । हाल जुना धरानमा उपचार गराईरहेकी छिन् । न्यून आय भएको जुनाको परिबारको अहिले डेराको बास भएको छ । तर जुनाको जीवन बचाउन परिबार र छरछिमेक लागि परेका छन् । घर र जग्गा बिचेको पैसा हुदासम्म आफैले खर्च गरेको जुनाको परिवारलाई अहिले उपचारमा आर्थिक समस्याले सताउन थालेका छन् । उपचारमा सहयोग गरिदिन्नु हुन जुना आग्रह गर्छिन् । आफु बसेकै डेराको घरमा नै आगोलागि भए पछि दैबिक र प्राकृति बिपत्ति जुनाको परिबारले खेप्नु पर्यो । हाल आफ्नतको बस्दै आएका मिगौला रोगी जुनाको परिबार उपचारमा सहयोगको लागि आर्थिक सक्लनमा लागि परेको छ । बचाऊ अभियाननै गठन गरेर सहयोग संलग्नमा लागेको उनका छिमेकीहरुले पहिलो चरणमा १ लाख रकम संकलन गरेर जुनालाई हस्तान्तरण गरेका छन् । सोमवार जुनालाई अभियानमा संयोजक ज्ञानबहादुर परियारले नगद १ लाख हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित खबर