(वालसन्तलाई राष्ट्रिय बिभुतिको संज्ञ) संगम बिष्ट/चतरा आज मसिंर २७ जगदगुरु प्राकाटय उत्सव अर्थात नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहनसरण देवआचार्यको जन्म दिन । आजवाट उंहा ४५ अौ बर्ष वसन्त पारी गरि ४६ अौ बर्षमा प्रवेश गर्नु भएको छ । यस अवशरमा आज जगद गुरु पिठ चतराधाममा जगदगुरु प्राकाटय उत्सव मनाईने गरिन्छ । २०३२ सालमा झापाको हंडिया बुधवारेमा बशिष्ट भट्टराई कुलमा बालसन्तको जन्म भएको थियो ।सानै देखि नै आध्यात्मिक साधानामा रमाउथे ,आमाले श्रीस्वस्थानी व्रत लिदा श्रद्बापुर्वक कथा सुन्ने ,आमाकै साथमा स्वस्थानी व्रत, एकादशी व्रत, कृष्णष्टमी व्रत जस्ता पर्वमा बच्चै देखि कानको रोगी भए पनि भक्ति र साधनमा रमाउने गर्दथे । वालसन्तले आफ्नो शिक्षाको सुरुवात पढाइ झापाको बुधबारे ७ सरस्वती प्राबि र नवकिरण प्राबि हुँदै मेचि बिदयोय माबिमा अध्यन गरे । सानै उमेर देखि भगवानको भक्ति र साधनमा रमाउने बालसन्त बिहानको नित्यकर्म र सन्ध्याकालीन पाठपुजामा विशेष चासो राख्ने गर्दथे ।बिहान उढ्ने साथ घर नजिकिदै रहेको कमलेश्बर शिवलयमा गएर शिव भगवानको दर्शन गर्नु वालशन्तको दैनिककि नै थियो ।ऊनि बाल्यकालमा बिहान चार बजे नै उढेर सफासुग्घर , झाडुवडारु, लिपपोत जस्ता मा आफै गर्दथे ।सानै उमेर देखि रोगी रहेका बालसन्त बिहान आफुले गर्ने सबै काम पछि घर देखि नजिकै रहेको सरस्वती प्राबि अध्यन गर्न जान्थे । घरमा हुने प्राय सबै धार्मिक कार्यक्रममा सानै उमेर भए पनि सबै भन्दा ठुलो भुमिका निर्वाह वालसन्तले गर्दथे । बिशेषगरी धार्मिक कुरामा चासो राख्ने बालसन्तले सानो उमेरमा नै प्रह्लाद, भक्तिकथा, धुवचरित्र, गुणरत्नमाला जस्ता पुस्तकहरु अध्यन गर्न रुचाउथे । वालसन्त कतै जादा बाटामा चिल्ला र राम्रा ढुङ्गा देखे ती ढुङ्गालाई साक्षात् भगवान ढानी घरमा ल्याउने गर्दथे । ती वालसन्तले बोकि ल्याएका ढुङ्गा शिलाहरु अहिले पनि झापा बुधबारेमा रहेको जगदगुरु जन्म भूमि संरक्षण प्रतिष्ठानमा र जगदगुरु पिठ चतराधाममा दर्शन गर्न राखिको छ।बालसन्त बाल्यकाल देखि नै धार्मिता र आधात्मितामा विशवास राख्ने भएकाले उहाको इच्छाअनुसार अर्जुनधारा संस्कृत गुरुकुललममा लगियो ।बालसन्तमा अर्जुनधारामा भगवान जलेश्वर महादेवको कृपाका साथ संस्कृत वाङमयका मूर्धन्य बिद्बान गुरुकुलका प्रचार्य पुप्पलाल निरौला ज्युबाट रुद्री, चण्डी,वेद,व्याकरण अध्यन सुरु गरि गुरु भक्तिका साथ सस्कृत शिक्षामा पाइला टेक्नु भयो ।केही समय अर्जुनधारामा संस्कृत बिद्या र अाध्यात्कितामा रमाए पछि बालसन्त भारतको वृन्दावन तिर लाग्नु भयो । बासन्तलाई चतराको मोह वालसन्त वृन्दावनबाट नेपाल फर्कीए पछि २०५४ सालमा बुबा आमाका साथ पहिलो पटक चतरामा पाइला टेक्नु भयो । चतरा आएको केही दिन पछि बालसन्त पुर्न वृन्दावन नै फर्कनु भयो ।सो क्रममा वृदान्दावनबाटै नेपाल आएर भागवतको कथा सुनाउने गर्नु हुन्थियो ।नेपालका बिभन्न स्थानमा भागवत कथा सुनाउने क्रममा बालसन्तलाई वृदान्दाबन फर्कने क्रममा वालसन्तलाई सप्तकोशी कोका कौशिकि चतराधाममा आई स्नान गर्नु भयो ।त्यसपछि सप्तकोशि नदीको तटमा रहेको त्यो विशाल भुखण्डलाई देख्नसाथ एकासी उहाको मनमा राष्ट्रभक्ति भाव उर्लेर आयो । उनलाई मनला लाग्यो सायद यो ठाउ भातरको कुनै भागमा रहेको भए यो एउटा स्वर्ग भन्दा कम हुने थिएन ।त्यस पछि मनमा खिनता र आंखामा चतरा बोकेर बालसन्त वृन्दावन तिर लाग्नु भयो।वृन्दावनमा बालसन्तलाई आकस्माथ घटना घट्यो त्यो घटना चतराको लागि संवणिम बन्न पुग्यो वृन्दावन पुगे पछि राति सपनामा एउटी देबिले बालसन्तलाई चतराक्षेत्रको घना जंगलमा लगेर छाडिदिनु भयो ।बालसन्त झसङ्ग भएर झस्किनु भयो । उढेर हेर्दा केही पनि थिएन त्यस पछि वालसन्तको मनमा अनेको कुरा खेल्न थाल्यो ।दिनाउदिन उनको मनमा राष्ट्रभक्तिले मन उद्देलित हुँदै गयो ।त्यस पछि वालसन्त वृन्दावनमा बस्न सक्नु भएन उहाँ सिदै घर नपसी बिराटनगर , इटहरी, धरान हुँदै चतरा पुगी चतराबाट भुक्तिनाथ सम्मको पैदल यात्रा गर्ने संकल्प साथ तत्कालीन गृह सचिव टिकादत्त दाहालको सहयोगमा २०५५ सालको साउन ४ देखि इटहरी , बिराटनगर, इनरुवाका भक्तजनका साथ बिहानको ६ बजे चतराको सप्तकोशिबाट जल लिएर मुक्तिनाथ तिर लाग्नु भयो । चतराबाट हिडेको ५५ दिन पछि भुक्तिनाथ पुगेर पहिलो वालसन्तको पैदल यात्रा सम्पन भयो । पुनः चतारा आइ २०५५ कात्तिक २२ गते देखि २९ गते सम्म वालसन्तले नेपालमा पहिलो पटक पञ्चकुण्डात्मक राष्ट्रशान्त श्रीगोपाल महायक्षको आयोजना गर्नु भयो ।सोही क्रममा १८ आक्रिति, १८ लाख गोपाल मन्त्र, १८ लाख दिप प्रज्ज्बलन गर्नु भयो ।सोही फल स्वरुप आजको चतराको परिकल्पना गरिएको थियो ।यसरी साधारण स्कुलबाट सुरु भएको वालसन्तको यात्रा गरुकुल हुँदै चतराधाम परिकल्पनाकार र संस्थापक सम्म हुन पुग्नु भयो । चतरामामा पहिलो कुम्भ मेलाको आयोजना गरि चतराको मोहलाई सार्थक तुल्याउनु भयो। वालसन्तले चतरामा स्थापना गर्नु भएको संस्कृत बिद्यालय पनि सन्चालन भइ रहेको छ ।