बुधवार, साउन ९, २०८१
Sancharmanch

जगदगुरुको राष्ट्र प्रतिको मोह ।

मङ्गलवार, मंसिर २८, २०७८

नेपाल र नेपालीलाई धर्म र धार्मिकताले मात्र गास्न सक्छ भने मान्यता लिएका वालसन्तले पुर्व र पश्चिमका नेपालीहरुमा नेेपालमा रहेका धार्मिक स्थलको प्रचार गर्न कार्यमा लागि पर्नु भएको छ । राष्ट्र प्रेमको उजागर धर्मले गर्छ भन्ने मान्यता रख्ने बालसन्तले धार्मिक एकताकको बन्दनमा राष्ट्रलाई चाहनु हुन्छ । भारतबाट अध्यन गरेर आए पनि नेपाल जस्तो गरिब देसमा धर्मको माध्यबाट समाज सुधार गर्न कुरामा मान्यता राख्नु हुन्छ । नेपालमा पहिलो पटक कुम्भ महोत्सव आयोजना गर्नु भएका वालसन्तले विभिन्न कार्यक्रमद्बारा नेपाली - नेपालीका बिच एकताब्द बनाउदै आउनु भएको छ। २०७२ बैसाख ५ गतेबाट महाकाली मेचि पदयात्रा सुरु गरि २०७४ साल माघ १७ गते सम्मान गर्नु भुयो । विशेष गरि महाकाली अञ्चलको भाम्केनीधामम ७५ फिट अग्लो अष्टधातुबाट निर्मित नेपाल आमाको मुर्ति बनाउने कार्यकालागि नेपाल राष्टलाइ दाईने प्रक्रपमा गर्नु सारा नेपालिहरुको मन जित्न सफल हुनु भयो । हाल गौमाता( गाई) बचाउ अभियानमा समेत वालसन्त लागि पर्नु भएको छ । भारतको जमुना नगरको बडिया गाउमा पोगोडा शैलीमा सगुराम देवआचार्य मुर्ति बनाई नेपाल र भारतका बिच सम्बन्ध बढाउने काम गरेका बालसन्त हाल अगामी कुम्भ मेलाको तयारीमा लागेका छन् । वालसन्तलाई जगद गुरुको ताज नेपाल सरकारको सहमति र उपथितिमा बि.सं. २०६७ बैसाख १ गते तमाम भारतीय बिद्बान र विदुषीहरुको निर्णयमा काशी पण्डितसभा र काशी विद्बत्परिषदको सयुक्त आयोजनामा नेपाल राष्ट्रका राष्ट्रबादी, देशभक्ती , धर्मसंस्कृतिका उपासक , सनातन धर्मका अभियान्ता बालसन्तलाई नेपाल राष्ट्रको प्रथम एेतिहासिक जगदगुरुका रुपमा अभिषेक हुनु भयो । यो दिन नेपालीहरुको गर्भ गर्न लायक दिन थियो ।पहिलो पटक एेतिहासिक रुपमा नेपालीको रुपमा जगदगरुको ताक पैरिएका बालसन्तलाई नेपाल सरकारले राष्ट्रिय सम्मानबाट बिभुषित गरायो । तत्कालीन नेपाल सरकारले जगदगुरको सम्मानको खातिर ललितपुरको संखमुलमा जगंबहादुरको छोरा जगदजंगले बनाएको जगदनारायणको मन्दिरमा जगदगरुलाई निवासको रुपमा बस्ने ब्ययस्था मिलायो । कुम्भ मेला के हो ? कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरुको एक महान स्नान पर्वको रुपमा लिइन्छ। यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ |इशास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरु मध्ये ४ कुम्भस्थलहरु भारतका हरिद्वार ,प्रयाग ,नाशिक र उज्जयिन हुन् जहाँ प्रत्येक १२/१२ बर्षमा लाग्ने कुम्भ मेला लाग्ने गरेकोछ र बाँकी १ कुम्भ मेला नेपाल को सुनसरी जिल्ला स्थित कोशी नदीको किनार प्राचिन हरिद्वार चतारधाममा हो भन्ने कुरा शास्त्रहरुले मुक्तकण्ठले प्रस्तुत गरेका छन्। ।अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। समुन्द्र मन्थन पछी उत्पन्न अमृतमय कुम्भघडा आफ्नो बनाउन देवता र दैत्यका वीच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भपर्व भनेर बताइएको छ । जस्तै विष्णुद्वारे तीर्थराजेऽवन्त्यां गोदावरीतटे । सुधाविन्दु विनिक्षेपात् कुम्भपर्वेति विश्रुतम् । विष्णुद्वार भारतको हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी साथै गोदावरीतट गरी चार स्थानमा अमृतका विन्दुहरू झरेका हुँदा यी चार स्थानमा पहिलादेखि नै कुम्भ भनेर विख्यात भएको देखिन्छ । स्थानियवासीद्बारा राष्ट्रिय बिभुतिको संज्ञ प्रल्लाद भट्टराई -चतरकालागि चिनारि हुनु हुन्छ जगदगुरु वालसन्त , चतरामा नेपालको पहिलो कुम्भ लगाई चतरालाई कुम्भ नगरी बनाए । नेपाल र भारतका विभिन्न ठाउमा ठुला ठुला मन्दिर बनाई नेपाल र भारतको पबित्र सम्बन्ध सेतु बने , नेपाल पुरै जिल्ला पैदल यात्रा गरेका जगद्गुरु वालसन्त राष्ट्रका बिभुति हुन लायक ब्यक्ति हुन् । रमेश कुमार बिष्ट- चतराको भलो चाहने ब्यक्ति ,राष्ट्र भक्त नागरिक हुन् हुन्छ जगद गुरु बालसन्त , कुनै पनि सोचेको काम पूरा गरि छाड्ने बानि भएका ब्याक्ति हुन् वालसन्त। सुनिल भट्टराई -मेरा अन्यय गुरु देव हुनुहुन्छ नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त मोहन शरण देवआचार्य ।देश भक्तीको कुरामा चिन्नती एक राष्ट्रवादी गुरु हुनु हुन्छ । लोमश रेग्मी- यस राधाकृष्ण संस्कृत बिद्याकयका संस्थापक गरि संसारको पुरानो भाषाको संरक्षणमा जगदगुरुले अमह भुमिका खेल्नु भएको छ । नेपालको पहिलो जगदगुरु वालसन्त चतराधामको परिकल्पनाकार हुन् । अर्जुन भट्टराई- राष्ट्र प्रेम र विशेष हिन्दु राष्ट्र पति लगाब , सनान्त धर्म प्रेतिको शास्थावान । सीता भण्डारी पौडेल- चतराको महिमालाई संसार फैलाई दिएका एउटा राष्ट्र भक्त ब्यक्ती

सम्बन्धित खबर