बुधवार, असोज ३०, २०८१
Sancharmanch

प्रथम बराह च्यालेन्ज फुटवल कप आयोजक रातो बिजयी ।

मङ्गलवार, मंसिर २८, २०७८

संगम बिष्ट / चतरा चतरामा जारी प्रथम बराह च्यालेन्ज फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा जित निकाल्दै आयोजक हाटखोला फुटवल क्लब रातो बिजयी भएको छ । पञ्चायन फूटबल क्लब वल्लौरीलाई ० का विरुद्ध १ गोल ले हराउदै आयोजक रातो बिजेता बनेको हो । अत्यन्त रोचक एव् प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हापको २० अौ मिनेटमा आयोजकले अग्रता लिएको थियो । आयोजककालागि जर्सि नं ९ का खेलाडि बिपिन मगरले गोल गरेका थिए । १ गोलले पछि परेको पंञ्चायन फुटवल क्लव खेलमा फर्कने प्रयास र आयोजकले लिएको अग्रतालाई दोबर पार्ने खोजे पनि त्यस पछि कुनै टिमबाट गोल हुन नसक्दा आयोजक रातोले पञ्चायन माथि संघर्षपुर्ण जित निकालेकि थियो । खेलमा उत्कृष्ट प्रदशन गदेका आयोजक रातोमा अमन घिसिङ्ग म्यान अफ द म्याच घोषित भए । उनलाई हिमालयन इङलिस स्कुलका पिन्सिप आलोक श्रेष्ठले नगद २ हजार र ट्रफी प्रदान गरे । मङलवार पटनाली फुटबल क्लब धरान र ग्रिन कल्चर फुटवल क्लब फुटबल क्लब चक्रघट्टिका बिच हुने आयोजक क्लव हाटखोला फुटवल क्लबका सचिव रोहित साहले बताए । खेल स्थानिय बाइसबिघे खेल मैदान मा भईरहेको छ ।

सम्बन्धित खबर