बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको भद्रपुरमा विद्युत सर्ट भएर आगलागि, लाखौंको क्षती ।

मङ्गलवार, मंसिर २८, २०७८

झापा — विद्युत सर्ट भएर आगलागि हुँदा झापाको भद्रपुर‒५ स्थित मेची कपास उद्योग र मायङ्क स्टोर्समा लाखौं मुल्य बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर सोमबार साढे ३ बजे उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । आगलागीबाट सात लाख मुल्य बराबरका इलेक्ट्रिक मोटर पार्टससहित मेसिन जलेको छ भने, एक लाख ५० हजार मुल्यबारको भवनमा क्षति भएको सञ्चालक मदन सहनीले जानकारी दिए । सहनीका अनुसार उद्योगमा रहेको कच्चा तथा पक्का सामान चार लाख र विद्युतीय सामान एक लाख बराबरको क्षति भएको छ । आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित खबर