बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कात्तिक महिनामा परेको पानी गोदाममा बस्दा मोहिनि स्टोरको २१ लाखको अन्न नस्ट ।

बुधवार, मंसिर १, २०७८

वराहक्षेत्र - ६ चक्रघट्टि स्थित मोहिनि स्टोरको गोदाममा कात्तिक पहिलो हप्ता ३ दिन परेको अबिरल पानी गोदाममा पस्दा भण्डारण गरेर राखेको अन्नहरु पुर्ण नष्ट भएको छ । गत कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल पानी स्टोरका ४ वटै गोदाममा बसेको थियो । स्टोरले किसान र व्यपारीहरुसंग खरिद गरेर गोदाममा बोरामा राखेर भण्डारण गरेको मकै, धान, गहु र तोरीमा पानी बसेपछि पुर्ण रुपमा नष्ट भएको मोहिनि स्टोरका प्रोपाइटर महेश पंचरियाले बताए । प्रोपाइटर महेश पंचरियाका अनुसार कात्तिक पहिलो हप्ताभरी नै पानी परेको र स्टोरमा पसेको पानी निकाल्नै ५-६ दिन लागेको थियो । पानिले भिझाएको अन्न सुकाउदा समेत काम नलाग्ने गरि नष्ट हुन पुगेको पंचरियाले बताए । उनका अनुसार स्टोरमा राखेको ४२ हजार किलो मकै नस्ट भएको छ । भिजेको मकै दुर्गन्धित भएर नराम्रो असर देखाउन थाले पछि मकैलाई कोशी मा लगेर फ्याँक्नु पर्यो । मकैसंगै धान, गहु र तोरी गरेर स्टोरमा राखेको करिव २१ लाख वरावरको अन्न पुर्ण रुपमा नस्ट भएको छ । भिजेको मकै दुर्गन्धित भएर नराम्रो असर र स्थानिय बिरामि हुन थाले पछि जनप्रतिनिधिको रोहवरमा मकैलाई कोशीमा फलिएको थियो । मकैसंगै गोदाममा राखेको चामल, धान, गहु र तोरी समेत पुर्ण रुपमा प्रयोग हुन नसक्ने गरि नस्ट भएको छ ।

सम्बन्धित खबर