बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मुख्यमन्त्री राईले पाए विश्वासको मत !

बुधवार, मंसिर १, २०७८

इटहरी : प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा राईले बहुमत सदस्यको बिश्वासको मत पाएका हुन् । प्रदेशसभामा राईले ५० मत पाएका हुन् । मत विभाजनको क्रममा उनको पक्षमा ५० मत र बिपक्षमा २९ मत खसेको थियो । मंगलबार आव्हान गरेको प्रदेशसभा बैठक प्रतिपक्षी एमाले उपस्थित नभएपछि स्थगित भएको थियो । बन्दको कारण आफ्ना सांसदहरु आउन नपाएको भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको थियो । गठबन्धनको नेतृत्व गर्दै गत कार्तिक गते राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दल नभएपछि संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १-१ जना प्रदेश सांसद छन्। नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन्। पाँचदलीय गठबन्धनको ५० जना सांसद छन्।

सम्बन्धित खबर