बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शुसिल गुरुङ्ग को उम्मेदवार घोषणा ।

शनिवार, कार्तिक २७, २०७८

बुटवल कात्तिक । नेपाली काग्रेसको १४ औं महाधिबेशमा रुपन्देहि क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति उम्मेदवार घोषण गरेका छन । परिपक्व र अनुभवि अग्रजलाई सम्मान, अब जोश–होश र जाँगरले भरिपुर्ण शिक्षित युवालाई स्थान भन्ने मुल नारा राख्दै शुक्रबार प्रेश बिज्ञप्ती जारी गर्दे आफ्नो उमेद्धारी गुरुङ्ग घोषणा गरेका हुन । व्यवस्थापनमा स्नातकोत्तर (एम.वि.एस.) गरेका गरुङ्ग नेपाली काग्रेसको मा २०५१ सालमा ने.वि.संघ साधारण सदस्य, २०५४ सालमा ने.वि.संघ भैरहवा बहुमुखी क्याम्पस ईकाइ अध्यक्ष ,२०५५ सालमा स्व.वि.यु.भैरहवा बहुमुखी क्याम्पस उपसभापति, (२०५५÷०५७) २०५७ सालमा स्व.वि.यु. भैरहवा बहुमुखी क्याम्पस सभापति, (२०५७÷०५९) २०५७ सालमा स्व.वि.यु. परिषद, केन्द्रिय समितिको सह–सचिव,२०६१ सालमा ने.वि.संघ, रुपन्देही अध्यक्ष,२०६२÷०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भुमिका निर्वाह,२०६७ सालको नेपाली कांग्रेसको बाहृौं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं.३ का लागि निर्वाचित क्षेत्रिय सचिव,२०७२ सालको नेपाली कांग्रेसको तेहृौं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं.३ का लागि पुनः निर्वाचित क्षेत्रिय सचिव,२०५१ सालदेखि आजसम्म सम्पन्न भएको प्रत्येक निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन तन, मन र धनले सक्रिय भई लागेको आजसम्म लाभको कुनै पनि पद नलिएको÷ नबसेको बताए । उनि बिभिन्न सामाजिक सस्था आवद्ध रहेका २०६६ (सन् २०१०) सालमा सिद्धार्थ जेसिज (जेसिआई सिद्धार्थ, नेपाल) को अध्यक्ष ,२०७४ सालमा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष,२०७४ (सन् २०१७÷०१८) सालमा लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको अध्यक्ष,२०७४ सालमा नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको जिल्ला सदस्य,२०७७ सालमा पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवाको व्यवस्थापन समितिको अध्यक्ष,२०७७ सालमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सिद्धार्थनगरको अध्यक्ष,२०७८ (सन् २०२१÷०२२) सालमा लायन्स डिष्ट्रिक्ट ३२५ बि २ को डिष्ट्रिक्ट डेपुटी चिफ रहेका छन ।

सम्बन्धित खबर