बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापा काङ्ग्रेस : तेह्रौँ महाधिवेसनवाट १४ औँ महाधिवेसनमा सभापतिका लागि कुनै सहमति नभएको पत्रकार सम्मेलन वाट भयो खुलासा ।

शुक्रवार, कार्तिक २६, २०७८



पार्टीको १३औँ महाधिवेशनका बेला गरिएको ९ वुँदे सहमतिमा १४ औँ महाधिवेसनमा देउमान थेवेलाई जिल्ला सभापतिमा सर्वसहमत गर्ने विषय नलेखिएको पाइएको छ ।
सहमतिको झुटो नाटक मञ्चन गर्दै वर्तमान पाटि सभापतिले भ्रम सिर्जना गरे सँगै यतिबेला झापा कांग्रेसमा तरंग पैदा भएको छ । १३ औँ महाधिवेसनको अवसर पारेर २०७२ फागुन २५ गते गरिएको नौ बुँदे लिखित सहमतिमा देउमान थेवेलाई १४ औँ महाधिवेसनमा सर्वसहमत जिल्ला सभापति वनाउने विषय उल्लेख नभए पनि पाटि सभापतिले भने भ्रम सिर्जना गरेर कार्यकर्ता झुक्याउने खेल खेलेको पाटिका अग्रज नेताहरुको आरोप छ । पाटि सभापति लगायतका केहि नेताहरुले सहमति नभएको कुरालाई जबर्जस्त स्थापित गर्न शक्ति खर्चेपछि उप सभापति राम वहादुर कट्टेले समेत जिल्ला सभापति पदकालागि उमेद्वारी दिने घोषणा गरेका छन ।
प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन नजिकिएसँगै झापामा पाटि सभापति र केहि नेताको गलत प्रचारका कारण पाटि भित्र अन्योल सिर्जना भएको छ । नेता कृष्णप्रसाद सिटौलाको भित्री समर्थनमा देउमान थेवे र प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन रहेको दाबीसहित राम कट्टेल सभापतिमा उठेपछि सात वर्षअघि गरिएको सो सहमतिमा मनगणन्ते वुँदा थपेर पाटिलाई आँच आउने गरी गरिएको प्रचार वाट कति पनि विचल्लित नहुन पाटि कार्यकर्तालाई विश्वप्रकाश शर्माले आग्रह गरेका छन । विगतमा झापाका १५ स्थानिय तह मध्ये ५ स्थानिय तहमा प्रमुख साथै केहि वडा अध्यक्ष तथा सदस्य वाहेक अधिकांस स्थानिय तहमा हार ब्यहोरेको उद्धव थापा नेतृत्वको नेपाली कांग्रेसलाई सुदृढ गर्दै अगाडि वढाउन सक्षम तथा विद्वान नेतृत्वको आवश्यकता परिपुर्तिका लागि राम कट्टेलको नेतृत्व आवश्यक रहेको पाटिका झापा प्रवक्ता लोकराज ढकालले वताए ।
वर्तमान पाटि सभापति थापाले समर्थन गरेका देउमान थेवे पक्षले भद्र सहमति भएको प्रचार गरेर सभापति हत्याउने अस्त्र बनाएको कट्टेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गरिएको छ । कट्टेल पक्षले सहमति नै नभएको कुरालाई थेवे पक्षले जबर्जस्त सहमति भएको बनाउने प्रयास गरेको भन्दै स्पष्ट पार्न शुक्रबार पत्रकार सम्मेलन गरेको छ ।

सभापतिमा उम्मेदवारी घोषणा गरेका कट्टेल वर्तमान काङ्ग्रेस झापा उपसभापति र थेवे पूर्वउपसभापति हुन् । पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले दुई दिनअघि शिवसताक्षीमा भएको कार्यक्रममा प्रवक्ता शर्मालाई ’सानो मान्छे’ ले आफैँले गरेको सहमति नमानेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि कट्टेल पक्षले पत्रकार सम्मेलन गरेर सो सहमति सार्वजनिक गर्न वाध्य भएको जनाएको छ ।
सो सहमतिमा १४औँ महाधिवेशनमा थेवेलाई पार्टी सभापति बनाउने बुँदा रहेको दाबी थेवे पक्षले गर्दै आएको छ । तर, सो सहमतिपत्रमा कहीँ पनि सो बुँदा उल्लेख भएको भेटिन्न । सो सहमतिको १ नम्बर बुँदामा ’सभापति पदका उम्मेदवार देउमान थेवेले सभापति पदमा सर्वसम्मत गराउन गरेको त्यागलाई उच्च मूल्याङ्कन गर्दै उहाँको राजनीतिक भूमिकालाई सम्बर्द्धन गर्ने’ लेखिएको छ । सोही बुँदालाई थेवे पक्षले अपव्याख्या गरी भ्रम सिर्जना गरिएको कट्टेल पक्षले स्पष्ट पारेको छ ।
केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले थेवेलाई १४औं महाधिवेशनमा सभापति बनाउने भद्र सहमतिको साक्षी आफू पनि भएको दावि गर्दै आफैँले हस्ताक्षर गरेको सम्झौता भङ्ग गरी कट्टेललाई उम्मेदवार उठाएको भन्दै प्रवक्ता शर्माको तीव्र आलोचना गरेपछि पत्रकार सम्मेलन गर्नुपरेको राम कट्टेल चुनाव प्रचारप्रसार सचिवालयले जनाएको छ । बुढाथोकीले शर्मालाई अपमान जनक शैलिमासानो मान्छेको सङ्ज्ञा दिएका थिए । बुढाथोकीले सो कार्यक्रममा भनेका थिए, ’म ६ फुटको मान्छे साक्षी र त्यो सानो मान्छेले पनि सम्झौतामा सही गरेको हो । आफूलाई मन नपरेको मान्छे भएर विश्वप्रकाशले देउमानको विरोध गरेको दाबी गर्दै नेता बुढाथोकीले सहमति, सहकार्य र एकता नमान्नेलाई नेतृत्व हस्तान्तरण गर्नु चिन्ताको विषय भएको भन्दै भ्रमको प्रसय दिएका थिए । पुराना तथा अनुभवि नेता मानिने बुढाथोकिले दुवै पक्षलाई मिलाएर पाटि एकताको सुत्रमा अगाडि वढाउन मध्यस्तताको भुमिका निभाउनु पर्नेमा देउमान थेवेलाई जिताउन सार्वजनिक रुपमा आव्हान गरेपछि पत्रकार सम्मेलन गर्नु परेको कट्टेल जिताउ अभियान सचिवालयले जानकारी दिएको छ ।
स्वस्थ प्रतिस्पर्धाकै माध्यमबाट पाटिको नेतृत्व छान्ने र पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने अभियानमा कट्टेल पक्षको दावि छ । नौ वुँदे सहमतिमा नभएको कुरा गरेर पार्टी प्रवक्तालाई गलत साबित गर्न खोजिएको प्रति पत्रकार सम्मेलनमा जिल्लाका नेता कार्यकर्ताले असन्तुष्टि ब्यक्त गरे ।
कट्टेलको पक्षमा जनमत बढ्दै गएपछि, १३ औँ महाधिवेसनमा विश्वप्रकाश शर्मा आफैँले लिखित सहमति गरेर पनि त्यसको पालना नगर्नु राजनीतिक बेइमानी भन्दै पाटि सभापति थापाले प्रवक्ता शर्माको आलोचना गरेर दोषी देखाउन खोजेको पत्रकार सम्मेलनमा दावि गरिएको छ । जिल्लाभर भ्रम छर्दै हुँदै नभएको सहमतिलाई लिखित सहमति भनेर पार्टी प्रवक्ता र सभापतिका उम्मेदवार कट्टेललाई बेइमान देखाउदै कार्यकर्तासँग सहनुभुतिको मतका लागि छल गरेको हुँदा सम्पुर्ण झापा वासी नेता कार्यकर्तालाई भ्रमको पछि नकुद्न र दुविधामा नपर्न आग्रह पत्रकार सम्मेलन मार्फत आग्रह गरिएको छ ।
१४औँ महाधिवेशनमा सहभागि हुने क्षेत्रीय प्रतिनिधिहरुको विवेकलाई बन्धक बनाउन नहुने उल्लेख गर्दै १३औँ महाधिवेशनकै बेला १४औँ महाधिवेशनबाट छानिने सभापतिको नाममा सहमति गर्नु पाटि प्रेमी आम नागरिकको भावना माथि गम्भिर प्रहार भएको मात्र नभई भ्रुण हत्यको संघ्या दिएको दिइएको छ । हुँदै नभएको सहमतिको नारा लगाउदै असक्षमताको अशोभनीय पराकाष्टाको नमुना वनेको पत्रकार सम्मेलनमा जानकारि गराइएको छ ।
पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको नौ बुँदे सहमतिमा डिल्ली सिटौला, शिवाकोटी, शर्मा र गोपालकुमार बस्नेतले हस्ताक्षर गरेका छन् । जस्मा १४ औँ महाधिवेसनमा सभापति छनौटको कुनै पनि विषय उल्लेख गरिएको छैन ।
उता थेवेको पक्ष लिदै नेता सिटौला, केन्द्रीय सदस्य बुढाथोकी, झापा सभापति थापा, कोषाध्यक्ष केशवराज पाण्डे, पूर्वसभापति सुधीरकुमार शिवाकोटी, पूर्वसांसद डिल्लीप्रसाद सिटौला लगायतले समर्थन गर्दै अस्वस्थ प्रतिस्पर्धा जस्तै देखिने गरी आरोप प्रत्यारोप गर्दै आएका छन । यता कट्टेलको पक्षमा भने केन्द्रिय प्रवक्ता शर्मा, सांसद महिन्द्राकुमारी लिम्बू, पूर्वसांसद उषा गुरुङ, काङ्ग्रेस झापा सचिवद्वय प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, सहसचिव राजेन्द्र भण्डारी, प्रवक्ता लोकराज ढकाल लगायतको सहयोग रहेको छ । जिल्लाका सभापति र कोषध्यक्ष वाहेको सिंगो टिमनै परिवर्तनको पक्ष लिदै पाटिलाई सुदृढ गरी अग्र दिसामा अगाडि वढाउने अठोटकासाथ सामुहिक अडानमा उभिएको छ । जस्ले गर्दा विगतका स्थानिय, प्रदेश तथा संघको निर्वाचनमा वर्तमान जिल्लाको नेतृत्वले सहि काम गर्न नसकेको हो यात नचाहेको भन्ने वारे प्रश्न उठेको छ ।

सम्बन्धित खबर