बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल आयल निगमले बिहीबार देखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन गरे ।

शुक्रवार, कार्तिक २६, २०७८

नेपाल आयल निगमले बिहीबार देखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीले बुटवलमा प्रदर्शन गरेका छन् अनेरास्ववियु लुम्बिनी वाणिज्य क्यापस कमिटि अध्यक्ष निरज आचार्यको नेतृत्वमा विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता गर्न मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका हुन् । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिएका थिए । प्रदर्शनमा विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको तत्काल फिर्ता गर , जनताको ढाड सेक्न काम बन्द गर , अनेरास्ववियु जिन्दावाद भन्ने प्ले कार्ड बोकेका थिए । कार्यक्रममा अनेरास्ववियु लुम्बिनी वाणिज्य क्यापस कमिटीका अध्यक्ष निरज आचार्यले सरकारलाई लक्षित गर्दै यो कठपुतली सरकारले जनताका पिर मर्का बुझ्ने समयमा , विद्यार्थीहरुका समस्या जहाका त्यही थाती राखेर जनताको ढाड सेक्ने गरेर बढाएको मूल्यवृद्धि कदापि सहन नसक्ने कुरा बताएका छन । सरकारले कान तेल राखेर बसेको र मूल्यवृद्धि तत्काल फिर्ता नगरे निदारमा कपन बाधेर थप सशक्त रुपमा आन्दोलनमा उत्रीने चेतावनी दिएका छन । जिल्ला कमिटीका कार्यदल सदस्य विजय कार्कीले अब नेपाल आयल निगमको डिपो तिलोत्तमा स्थित भलवारी मै गएर आन्दोलन गर्ने कुरा व्यक्त गरेका थिए । बिहान ९ बजे लुम्बिनी वाणीज्य क्यापस देखि देविनगरको चौपारी सम्म र्‍याली गरेर चौपारिमा आएर कोण सभा पछी कार्यक्रम समापन भएको अनेरास्ववियु लु. वा. क्यापस कमिटी सचिव योगेन्द्र रायमाझीले बताए ।

सम्बन्धित खबर