बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दमकको कोल्ड स्टोरमा राखेको आलुको बीउ कुहियो ।

मङ्गलवार, कार्तिक २३, २०७८

दमक- झापाको दमक नगरपालिकास्थित शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोेरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।उनले भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताए । बीमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उनले जानकारी दिए ।

रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा रु ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरुले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाव, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।

सम्बन्धित खबर