मङ्गलवार, कार्तिक ६, २०८१
Sancharmanch

आज छटको पहिलो दिन “नाहाए खाय”

मङ्गलवार, कार्तिक २३, २०७८

आज कार्तिक शुक्ल चतुर्थी । आज देखि छठ आरम्भ हुँदैछ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठ पर्व नेपाल र भारतमा क्षेत्रमा वैदिक सनातनिहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा यो पर्व मनाईए पनि पछिल्लो समयमा भने यो पर्व हरेक पहाडी भेग एवम् हरेक नेपालीहरूले श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउन थालेका छन्। छठको शुरुवात मानिने यस दिनलाई नहान खान (नहाए खाए) भनिन्छ । आज व्रतालुहरू बिहान सबेरै उठि हात खुट्टाको नङ काटि चोखो पानीले नुहाई-धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । आजको दिनमा ब्रतालुहरूले प्रण गर्दछन् कि " म अब छट भगवानको व्रत बस्नका निमित्त जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु । यसरी भगवानको नाममा प्रण गरेपछि आज देखि छटको तयारी सुरुहुन्छ । आज देखि चार दिन सम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोवाञ्छित् कामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।

सम्बन्धित खबर