बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

तरुणदल अर्घाखाँचीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न ,

बिहिवार, कार्तिक १८, २०७८

अर्घाखाँची । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल अर्घाखाँचीको आयोजनामा शुभ दीपावली , नेपाल सम्वत तथा छठ पर्वको शुभ अवसरमा शुभ कामना तथा चियापान कार्यक्रम सन्धिखर्कको बिपी स्मृति भवनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पुर्व पर्यटन राज्यमन्त्री तथा पुर्व केन्द्रिय सदस्य रेवतीप्रसाद भुसाल , बिशिस्ट अतिथि जिल्ला पार्टी सभापति बिष्णु प्रसाद प्रसाद खनाल मुस्कान , अतिथि जिल्ला पार्टी उप सभापति शान्ता भण्डारी , पुर्व जिल्ला पार्टी सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल र छ्त्रदेव गाउपालि वार्ड नम्बर ६ का वार्ड अध्यक्ष कमल पौडेलले आफ्नो शुभकामना मन्तब्य राखेका थिए । उक्त कार्यक्रम नेपाल तरुण दलका जिल्ला सभापति नारायण खड्काको अध्यक्षता , तरुणदल मलारानी गाउँपालिकाका सभापति लिलामणि पोख्रेलको स्वागत मन्तब्य र तरुण दल जिल्ला उपाध्यक्ष ठाकुर पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर