बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश १: मुख्यमन्त्री आचार्यले आज विश्वासकोमत लिने ।

मङ्गलवार, कार्तिक १६, २०७८

इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वाकोमत लिने भएका छन । संविधानको धारा १६८ अनुसार बनेको आचार्य नेतृत्वको सरकारले धारा १८८ (२) अनुसार बिश्वासको मत लिन लागेको हो । एक साताअघि नै विश्वासको मत लिने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक स्थगित गर्न माग गरेको थियो । कांग्रेसको माग पछि स्थगित प्रदेश सभा बैठक एमालेको आग्रहमा कार्तिक १५ (आज) सम्म स्थगित भएको थियो । भदौं १० गते मुख्यमन्त्री भएका आचार्यले असोज २५ गते नै विश्वासको मत लिनुपर्ने व्यवस्था थियो । तर सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाको बैठक कात्तिक ५ गतेसम्मलाई स्थगित गरेको कारण ढिला भएको हो । यसबीचमा विपक्षी गठबन्धनमा रहेको कांग्रेसले आधा कार्यकाल मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर केन्द्रिय नेतृत्वको दबाब र गठबन्धनको सहमतिमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । ९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन चाहिन्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् । एक साम्सद रहेको राप्रपा तटस्थ भुमिकामा छ ।

सम्बन्धित खबर