बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वराहक्षेत्रको कोसि पिढितलाई मुआब्जा तथा सुकुम्बासी लाल पुर्जा दिन दिलाउन कांग्रेसको चासो ।

मङ्गलवार, कार्तिक १६, २०७८

सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका कोशि बाढि पिढित तथा एैलानी जमिनमा बसोबास गरिरहेका भुमि हिन बसोबास गरिरहेकालागि परिबारहरुलाई जग्गा धनि पुजा दिलाउन नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्य समितिले चासो देखाएको छ । २०२२ सालमा कोशि कट्टानबाट बिस्तापित भएर सुकुम्बासी जीवन बिताई रहेका परिवार र एैलानी जमिनमा अव्यवस्थित रुपमा वसोबास गरिरहेका परिबारलाई धर्नि पुजा दिलाउन नेपाली कांग्रेस नगर समितिले नेपाल सरकारका प्रवक्ता , सुचना , संञ्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुकुम्बासी समस्या हल गर्न नेपाल सरकारले गठन गरेको राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशन निरौलालाई एउटै मञ्चमा राखेर नेपाली कांग्रेसका नेताहरुले आग्रह गरेका छन् । सोमवार नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले देबिघाट स्थित बसन्तऋतृ माबिको खेलमैदानमा आयोजना भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रमेस कार्कीले नेकपा एमालेले नेतृत्व गरेको स्थानिय सरकारले ४ बर्ष सम्म सुकुम्बासी र कोशि पिढितको पक्षमा सिङ्गको समेत नभाचेको आरोप लगाए । उनले भने यहाको स्थानीय सरकारले ४ बर्षसम्म केही गरेर । अब चुनाब आयो अनि लालपुर्जा बाढ्छु भन्छ । गरिब जनताको भावनासंग स्थानीय सरकारले राजनीति गरेको छ । नगरबासिहरु सचेत रहनु होला । तीन तहसम्म एमालेको सरकार हुदा किन सुकुम्बासी र बाढि पिढितकालागि काम नगरेको उनले प्रश्न समेत गरे । तत्कालीन भुमि आयोगका अध्यक्ष देबि ज्ञावालीलाइ वराहक्षेत्रमा ल्याउन स्थानिय सरकार नसकेको भन्दै सभापति कार्कीले कांग्रेस सरकारले गठन गरेको भुमि आयोगका अध्यक्ष केशब निरौलालाई ल्याएर कांग्रेसले कोसि पिढितलाई मुआब्जा तथा सुकुम्बासी लाल पुर्जा दिन दिलाउने कार्यमा लागि परेको बताए । कार्यक्रममा बिशिस्ट अतिथि राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले एैलानी जमिनमा १० बर्षदेखि बसोबास गरिरहेका परिवारलाई ढेर बिग्घासम्म केही रकम लिएर धनिपुर्जा आयोग लागि पर्ने बताए । हाल एैलानि जमिनमा बसोबास गरिरहेका सुकुम्बासी तथा बाढि पिढितलाई कसैले हटाउन नसक्ने बताउदै निरौलाले बताए । उनले भन्ने सरकारले चाहो भने लालपुर्जा दिन कुनै समस्या छैन् । वनको क्षेत्रमा बसोबास गरे पनि सरकारले धनिपुर्जा दिनु पर्छ । यसकालागि म लागि परेको छु । स्थानीय तहको निर्वाचन अगाडि लालपुर्जा दिन आयोग लागि परेको छ । आफुलाई कांग्रेस सरकारको आयोगको जिम्मेवारी दिएको भन्दै कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा सुकुम्बासी समस्या हल गर्न गम्भीरता पुर्वक लागि परेको बताए । उनले भने मेरो कार्यकालमा वराहक्षेत्रका सुकुम्बासी र बाढि पिढितलाई न्याय दिलाएरै छाड्छु । कुनैबेला बिर्ताको नाममा जग्गा बाँडेको स्मरण गर्दै गरिव, किशान र बाढीपिडितका लागि आफूहरुले काम गर्नेमा प्रतिबद्धता व्यक्त गरे । उनले सबै गरिबको प्रतिनिधिका रुपमा आफूहरुले काम गर्ने भन्दै अब झुक्याएर राजनीति गर्ने भन्दा आफू दुई चार महिनापछि पुनः वराहक्षेत्र फर्किँदा केही गर्नेगरी आउने बताए । कार्यक्रमका प्रमुख अतिथि सूचना , संञ्चार तथा प्रविधि मन्त्री एव् सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भूमिहिनको समस्या जटिल भएकाले उक्त समस्या समाधान गर्न आफूले भुमि आयोगका अध्यक्षलाई पनि साथमा लिएर आएको बताए । अहिलेको गठबन्धन सरकार नेपाली जनताको पक्षमा रहेको भन्दै कार्कीले जनताको आदारभुत आवश्यक्ता पूरा गर्न सरकार लागि परेको छ । यो सरकार सवै नेपालीलाई धनि बनाउन चाहन्छ । नेपालीहरुलाइ समृद्धिको बाटोमा लैजान छ । नेपाललाई बिकासको गतिमा अगाडि बढाउन चाहन्छ । यस्कालागि बोलेर , दस्तावेजमा राखेर मात्र नहुने भएकाले ब्यवहारमा र कार्यक्रम गरेर देखाउन सरकार लागि परेको बताए । बिकास बिनाको राजनीति केवल खोक्रो भाषण मात्र भएकाले आफु राजनीति र बिकाससंगै लान चाहेको बताए । देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन सरकार उद्यत रहेको भन्दै सव नेपालीलाई धनी बनाउन सरकारले आफ्नो कर्तब्य गरिरहेको कार्कीले बताए । अोलि नेतृत्वको एमाले सरकारले सरकारको शक्ती दुरुपयोग गरेको भन्दै सबैको यो सरकारले प्रजातान्त्र , लोकतान्त्र , सबिधान , जनताको आत्मासम्मानका लागि काम गर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई कोही पनि मान्छे आस्थाका आधारमा अन्यायमा नपार्न निर्देशनसमेत दिएका थिए । कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारी, प्रदेश क का सभापति उपेन्द्र कट्वाल, महा- समिति सदस्य रेवतीरमण दुलाल , हरिनगरा गाउपालिका अध्यक्ष गफारी अन्सारी , कोढि पिढित संघर्ष समिति वराहक्षेत्रका अध्यक्ष प्रल्लाद थापा , उपध्यक्ष लालबहादुर लिम्बू (जोनी) , नेपाली कांग्रेस वरा बराहक्षेत्र सचिब तथा वडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराईले सुकुम्बासी र बाढि पिढित समस्या हल गर्ने नाममा तत्कालीन एमाले सरकारले कार्यक्रता जागिर खाने माध्यम मात्र बनाएको आरोप लगाएका थिए । वाक्लो रुपमा स्थानिय सुकुम्बासी तथा कोशि बाढि पिढितहरु उपस्थिति रहेको कार्यक्रम संञ्चालन नगर सचिब प्रतीक राईले गरेका थिए।

सम्बन्धित खबर