बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

रायमाझी परिवारका दाजु बहिनीको तिहार गीत सार्वजनिक ।

मङ्गलवार, कार्तिक १६, २०७८
https://www.youtube.com/watch?v=-xOUvNQzCyc

हरि कुँवर, काठमाडौं । लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका अर्घाखाँचीका रायमाझी परिवारले तिहार कोसेली "गाउँका लाउरे " गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रायमाझी परिवार ले यसभन्दा पहिले पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँचले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो। "गाउँका लाउरे" को म्युजिक भिडियोमा बिसाल रायमाझी र लक्ष्मी बस्नेतको स्वरमा सजिएको छ भने बिशाल रायमाझीले शब्द सजाएका हुन । कमल सौरागले एरेन्ज गरेको तिहार कोसेलीको म्युजिक भिडियोमा एउटा प्रदेसी तिहारमा घर फर्किन नपाउदा र घरमा दाजुलाइ कुरेर बसेकि बहिनीको पिडा दाजुको छट्पटी धेरै दिदी-बहिनीहरूका हात र दाजु-भाइका निधार खाली हुँदैगरेको मुटुभरीको पिडा लाई गीत मार्फत प्रस्तुत गरिएको छ । स्टुडियो मारुनीले ल्याएको गीत राजकुमार मगर ले छायांकन तथा सम्पादन गरेका हुन भने क्यामेरा सागर गौतम र मेकप मोहन लामाले गरेका थिए । मोडल तथा कलाकार एलिना रायमाझी , सुसान्त पछाइ ,अपेक्ष्या गुरुङ देख्न सकिन्छ । विशाल रायमाझीले आफ्नो युटुव च्यानल बाट सार्वजनिक गरेका हुन ।

सम्बन्धित खबर