बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वराहक्षेत्रमा दोहोरो मृत्यु दर्ता प्रकरण :

शुक्रवार, कार्तिक १२, २०७८

जनप्रतिनिधि र कर्मचारी बिरुद्ध सडकमा गोपाल कटवाल र कबिता अर्थात देवका अधिकारी ( कट्बाल) को ५ वर्षको उमेरमा छोरो क्यान्सर रोगका कारण गत बर्षको साउन ३२ गते मृत्यु भयो । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ८ जितपुर स्थायी बसोबास भए पनि कट्वाल दम्पती काठमाडौमा बसोबास गर्दे आईरहेका थिए । कट्वाल दम्पतीको मृत्यु भएका छोराको नाममा जीवन बिमा थियो । बिमा गर्दा कम्पनीमा हकदार आमा थिईन् । कट्वाल दम्पतीको पारिबारिक सम्बन्धमा खटपट । थियो जुन कुरा छोराको मृत्यु भए पछि छताछुल्ल नै भए । छोराको १३ दिने काम सकिए लगतै आमाले घर छाडेर माइत तिर लागिन् । छोराको बिमाको संरक्षक अर्थात अकदारको रूपमा आमा देवका अधिकारी थिइन् । बुबा गोपालले छोराको मृत्यु कानुनी रुपमा दर्ता गर्न र बिमाको लागि २०८७ सालको भाद्र १६ नाता प्रमाणित र मृत्यु दर्ताको प्रमाणपत्र लिए । उनले परिवारमा खटपट समेए भएको वडाका अध्यक्षलाई सुनाए । गोपाल र वडाध्यक्ष फडिन्द्र भट्टराई छिमेकी समेत हुन् । मृत्यु भएका छोराको मृत्यु दर्ता र नाता प्रमाणित वडा कार्यलयवाट लैजादा आमा देवका काठमाडौँमा थिइन । तर मृत्यु भएका छोराको बिमामा आखा लगाएकी आमाले बुवा गोपालले लगेकै बिवरणको मृत्यु दर्ता र नाता प्रमाणित चक्रगघट्टिको महेन्द्र माबिका प्यस टु का संयोजक घनश्याम दाहाल मार्फत २०७७ सालको मंसिर ८ गते कार्यालयबाट प्रतिलिपीको माग समेत नगरी अोसि कागजात लगेर बिमा वापदको नेपाल लाइफ इन्स्योरेन्सबाट १९ लाख ८७ हजार ५ सय रुपैयाँ निकालेकि थिइन् । वडा कार्यलयले मृत्यु दर्ता र नाताप्रमाणित बुवालाई दिए पछि , आमा नआई, प्रतिलिपि माग समेत नगरि बुवाले लगेको पत्रको प्रतिलिपी आमाको प्रतिनिधिलाई दिएर अधिकार दुरुपयोग गरेको कट्वालको आरोप लगाएका छन् । वडा अध्यक्ष र सचिवबाट अन्यायमा परेको भन्दै गोपालले पटक पटक नगरप्रमुख निलम खनाल र प्रमुख प्रशाशकृय अधिकृत राजेश पोखरेलसंग गोपालको आमाले गुनासो गरे । तर गुनासो गोरुन जेल संम्वोधन गर्छु भन्ने पनि बर्ष दिन हुन लाग्दा पनि न्याय पाउन नसकेको गोपाल बताउछन् । न्याय पाउनको साटो उल्टै नगर प्रमुखले खनाल वडाध्यक्ष भट्टराईको बचाउमा लागेको आरोप गोपालको छ । गोपाललाई उपमेयर कमला मगरले पनि न्याय दिने प्रतिबद्धता जनाएकि थिइन् । वडाध्यक्षबाट न्यायको आश गरेका गोपाललाई वडाध्यक्षले कार्वाही गर्ने चेतना सहितको प्रेस बिज्ञप्ति समेत जारी गरेका थिए । वडाध्यक्षले गोपाल र उसका मतियार बिरुद्ध कानुनी कार्वाहीको लागि अगाडि बढ्ने पत्रकार सम्मेलन गर्दै जनाएका थिए । तर वडाध्यक्षले जारी गरेको प्रेस बिज्ञप्ति आदार हिन र न्यान माग्ने जनता बिपरित गरेको समेत कट्वाल परिबार सडकमा निस्किएका छन् । जनप्रतिनिधि , प्रशासनबाट न्याय पाउन नसकेको भन्दै गोलाल कट्वाल सहित गोपालका आमा र बुवा न्याय माग्दै सडकमा आएका हुन् । गोपालले बुधबार वराहक्षेत्र नगरपालिकाको कार्यलय अगाडि पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष भट्टराई, सचिव गंगा लिम्बू , घनश्याम दाहाल र मेयर निलम खनालले आफुलाई अन्याय गरेको भन्दै न्यायको लागि हात फैलाएका थिए ।

सम्बन्धित खबर