बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वराहक्षेत्रमा कांग्रेसका वडा पदाधिकारीलाई प्रशिक्षण ।

शुक्रवार, कार्तिक १२, २०७८

नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले वडाका सभापति सहित पदाधिकारीहरुलाई एक दिवशिय प्रभावकारी नेतृत्व बिकास सम्बन्धि बिषयमा प्रशिक्षण दिएको छ । नगर समितिको कार्यक्रम अन्तर्गत वडा नं १ देखि ११ वटा वडा समितिका सभापति , उप- सभापति , सचिव , सह- सचिव र कोषाध्यक्षलाई प्रशिक्षण दिईएको नगर सभापति रमेश कार्कीले बताए । वडा अधिबेशनबाट निर्वाचित नव- निर्वाचित पदाधिकारीहरुलाई वडामा संगठनको काम प्रभाबकारी र जवाफदेखि बनाउन नगर समितिले प्रशिक्षणको कार्यक्रम गरेको सभापति कार्कीले बताए ।

प्रशिक्षार्थीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय नीति तथा प्रशिक्षण बिभागका सदस्य बिरेन्द्र साहाले सहजिकरण गरेका थिए । बुधबार उद्घाटन र सम्मान समारोह गरि एकै दिन सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । सहभागीहरुलाई प्रमाण पत्र प्रमुख अतिथि नेपाली कांग्रेस क्षेत्र नं ४ सभापति एवयु अन्सारी , बिशिस्ट अतिथि महा- समिति सदस्य रेवति रमण दुलाल अतिथिहरु जिल्ला सदस्य शंकर बस्नेत , कालुराम चौधरी , मुना अधिकारी , सुरेन्द्र गुप्ता , क्षेत्र नं १ सचिव रमेश काफ्ले , तरुण बिभाग प्रदेश नं १ सदस्य रोशन खड्का , महिला संघ क्षेत्रिय सभापति कल्पना कार्की लगाएले हस्तान्तरण गरेका थिए । नगर सभापति रमेश कार्कीको सभाध्यक्षतामा सम्पन्न समापन समारोह नगर सचिब प्रतिक राईले संञ्चालन गरेका थिए ।

सम्बन्धित खबर